Monday, June 14

कम्तिमा ८० लाख भारतीयलाई नागरिकता दिने गरि अध्यादेश ल्याएको भन्दै ओलीको बिरोध

May 23, 2021 114

Sapana Sanjal : संसद विघटन गरेर आफैलाई चुनावी सरकार बनाएका ओलीले नागरिकता ऐनको संशोधन अध्यादेश ल्याएका छन् । सामान्यतया चुनावी सरकारले दीर्घकालिन महत्वका बिषय फेरवदल गर्न पाउदैन तर चुनावी सरकारकै मातहतमा अध्यादेश आए पछि नेपाली राजनीतिमा नयाँ कम्पन देखिएको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल नागरिकता (पहिलो संशोधन) अध्यादेश जारी गरेकी छन् । जन्मसिद्ध नागरिकता पाएका व्यक्तिको सन्तानलाई वंशजको नागरिकता दिने गरी अध्यादेश जारी भएको स्रोतको भनाइ छ ।

हाल जन्मको आधारमा नागरिकता पाएका व्यक्तिको सन्तानले वंशजको नागरिकता नपाउने व्यवस्था थियो । मधेसकेन्द्रित दलको मागअनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकतासम्बन्धी अध्यादेश मन्त्रिपरिषदबाट पारित गराएका थिए ।

नागरिकतासम्बन्धी विधेयक प्रतिनिधिसभामा २ वर्षभन्दा अघिदेखि छलफलका क्रममा छ । तर सरकारले संसद विघटन गरेपछि अध्यादेशको रुपमा अर्को नागरिकता ऐन ल्याएको हो । यो समाचार बाहिरिए सँगै ओलीले राष्ट्रघाती कदम चालेको भनेर सामाजिक साइट तातिएको छ तर अझै पनि अध्यादेश सबैले पढ्न पाएका छैनन् । यदि सामाजिक साइटमा अनुमान गरे जस्तै अध्यादेश हो भने कम्तिमा पनि ४० लाख भारतीयले नागरिकता पाउनेछन् ।

यो अध्यादेशको बिरोध गर्नेहरुले भनेका छन् कि नेपालबाट ३५ लाख चेलीहरु भारतमा बिहे गरेको दाबी गरिन्छ । यदि ति हरेकबाट २ जना सन्तान हिसाब गर्ने हो भने यो अध्यादेशबाट ८० लाख भारतीय अथवा नेपाली भाञ्जा भाञ्जीहरुले नेपाली नागरिकता पाउनेछन् । यदि अध्यादेशमा यो कुरा लेखिएको छैन भने पनि अध्यादेशले ओलीको राष्ट्रवादी छविलाई भने अफ्ठ्यारो बनाउने छ ।

Comment