Friday, October 15

माधव नेपाल पक्षका यि ६ सांसदले हस्ताक्षर नगरेका कारण सर्वोच्च अदालत जाने विपक्षको निर्णय रोकियो

May 23, 2021 246

Sapana Sanjal : काठमाडौं ।

प्रधानमन्त्रीले दोस्रो पटक संसद विघटन गरेपछि त्यसको विरोधमा पाँच दलका शिर्ष नेताहरु सर्वोच्च अदालत जाने भएका छन् । संसदमा भेला भएका नेताहरुले हस्ताक्षर संकलन गरेर सर्वोच्च जाने निर्णयमा पुगेका हुन् । बहुमत सांसदहरूले विघटन खारेज गरेर संसद् ब्यूँताउनका लागि अन्तिम आदेशको माग गर्दै सर्वोच्चमा रिट दायर गर्न लागेका हुन्। आज दायर गर्ने भनिए पनि रिट तयारीका क्रममा रहेकाले भोली गर्ने जनाइएको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभामा विघटन गरेपछि विरोधमा रहेका विपक्षी गठबन्धन आजनै सर्वोच्च अदालत नजाने निर्णयमा पुगेका थिए ।

हस्ताक्षर जुटाउने कार्य अझै जुटिनसकेकाले आजका लागि सर्वोच्च नजाने तय भएको एमाले नेता सोमप्रसाद पाण्डेले जानकारी दिए । उनले गर्न बाँकी आवश्यक प्रक्रिया पूरा गरेर भोलि १० बजे सर्वोच्च जाने तय भएको जानकारी दिए ।

नेताहरुका अनुसार आज विपक्षी गठबन्धनका काँग्रेस, माओवादीका साथै जसपाको उपेन्द्र यादव र एमालेको माधव कुमार नेपाल समूहका जम्मा १४३ सांसदको हस्ताक्षर जुटिसकेको छ ।

यस्तै एमालेको नेपाल समूहका ६ सांसदले भने हस्ताक्षर नगरेको र उनीहरुलाई मनाउन प्रयास जारी रहेको बताइएको छ ।

संसद् भवन नयाँ बानेश्‍वरमा शनिबार नेपाली कांग्रेस, नेकपा ९माओवादी केन्द्र०, नेकपा ९एमाले० माधव नेपाल समूह, जनता समाजवादी पार्टी,नेपालको उपेन्द्र यादव पक्ष र जनमोर्चाको संयुक्त बैठकले संसद विघटनविरुद्ध सशक्त संघर्ष गर्ने निर्णय गरेको थियो।

कांग्रेस सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका वरिष्ठ नेता माधव कुमार नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादव र जनमोर्चाबाट दुर्गा पौडेलले संयुक्त वक्तव्य निकालेर राष्ट्रपति र प्रधानमन्‍त्री दुवैले संविधान मिचेर संसद्को ह त्या गरेको बताएका थिए।

Comment