Thursday, June 24

ओली तिर लागेका योगेश भट्टराइले माधव नेपाललाई गरे यस्तो आग्रह

May 23, 2021 105

Sapana Sanjal : काठमाडौ ।

माधव नेपालको निकै नजिक मानिएका नेता योगेश भट्टराईले अन्त्यमा प्रधानमन्त्रीको निर्वाचनको समयमा नेपालको साथ छोडेर प्रधानमन्त्री ओली तर्फ लागे ।

उनले पार्टी एकता बचाउनकै लागि नेपालको आग्रह त्यागेर कांग्रेस सभापति शेरवहादुर देउवालाई प्रधानमन्त्री बनाउने सर्तमा हस्ताक्षर नगरेको भन्दै सार्वजनिक अभिब्यक्ति दिए । ओलीको राजिनामा माग्दै सडकमा आन्दोलन गर्दै आएका भट्टराईले अन्त्यमा ओलीलाई नै प्रधानमन्त्री स्वीकारे ।

तर संसद विघटन पछि फेरी एमाले एकताको सम्भावना रहेन । औपचारीक रुपमै अब एमाले फुट्न लागेपछि एकता बचाउन नेतृत्वलाई उनले आग्रह गरेका छन् ।

नेकपा एमालेमा नेता योगेश भट्टराईले कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले कसैलाई पनि सहि गन्तव्यमा नपुर्‍याउने बताएका छन् ।

पार्टीभित्रको विवाद चर्किएका बेला नेता भट्टराईले आइतबार आफ्ना भनाई सार्वजनिक गर्दै सबैले आफ्नो विगतलाई हेर्न आग्रह गरेका छन् ।

साथै धैर्य गर्दै संवाद गर्न पनि उनको आग्रह छ । उनले पार्टी अध्यक्ष केपी ओली तथा वरिष्ठ नेता माधव नेपाल पक्षलाई सांकेतिक रुपमा पार्टी एकता जोगाउन अनुरोध गरेका हुन् ।

उनले भनेका छन्–‘कार्बाही, प्रतिशोध र बदलाको राजनीतिले आजसम्म कसैलाई सहि गन्तव्यमा पुर्याएको छैन् र पुर्याउँदैन पनि । पौराणिक होस् वा आधुनिक बेलाका युद्धको शिक्षा यहि हो । सबैले आफ्नो विगतलाई हेरौँ। धैर्य गरौ, संवाद गरौ ।’

Comment