Wednesday, September 22

चुनावबाट ब्याक हुन धम्की दिनेहरुको भ्वाइस रेकर्ड राखेको छु, समय आएपछि सार्वजनिक गर्छु : खिमलाल देवकोटा

May 23, 2021 139

Sapana Sanjal : काठमाडौ ।

बागमती प्रदेशबाट राष्ट्रियसभा सदस्यमा निर्वाचित खिमलाल देवकोटाले चुनावमा उम्मेदवार नहुन र फिर्ता लिन आफुलाई धम्की आएको खुलासा गरेका छन । उनले निर्वाचित भएपछि यस्तो खुलासा गरेका हुन् ।

तर त्यसरी आफुलाई धम्की दिने को हो भन्ने खुलाएका छैनन् । उनले त्यस्ता ब्यक्तिको भ्वाइस रेकर्ड राखेको र समय आएपछि सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।

‘व्यक्तिगत रुपमा मलाई चुनावबाट ब्याक हुन धेरै जनाले फकाएरथर्काए । समयक्रममा आवश्यकता परेमा नाम भन्दै गरौँला ।

कसै कसैको त भ्वाइस रेकर्ड नै राखेको छु’, देवकोटाले आइतबार सामाजिक सञ्जालमार्फत खुलासा गरेका छन्, ‘ तर म अडिग रहेँ । विचलित भएको भए मेरो मात्र हैन म जस्ता स्वतन्त्र रुपमा कलम चलाउने वुद्धिजीवीहरुको इज्जत प्रतिष्ठा जाने थियो । हामी कलंकित हुने थियौँ ।’

उनले लामो समयदेखि राजनीति गर्ने केही नेताहरुले आफू जस्ताबाट केही सिक्दा राम्रै हुने भन्दै चुनौति पनि दिएका छन् । ‘बोलेपछि, सही गरेपछि, वचनबद्ध भएपछि पुरा गर्नुपर्दछ । भागेर, लुकेर, जालसाजी गरेर केही समय त टिकिएला । तर बुझ्न जरुरी के पनि छ भने हामी जस्ता युवाहरुले लामो यात्रा गर्न बाँकी नै छ ।’

उनले निष्ठा र इमानदारिताको राजनीतिबाट भागेर नहिँड्न सुझाव दिँदै बोली र इमानमा कटिबद्ध हुनुपर्नेमा जोड दिएका छन् । जेठ ६ गते भएको उपचुनावमा उनले एमालेका उम्मेदवार रामबहादुर थापालाई पराजित गरेका थिए ।

Comment