Friday, June 18

एमाले विभाजन भयो, हामी अर्को पार्टी खोल्ने निर्णयमा पुग्यौं

May 23, 2021 89

Sapana Sanjal : काठमाडौ ।

नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले एमाले एकता अब भंग भएको संकेत गरेका छन् । उनले एमाले अब लगभग विभाजनको अवस्थामा पुगीसकेको बताएका छन् । उनले अब अर्को पार्टी खोल्ने निर्णय गरेको बताएका छन् । उनले कान्तीपुरसंगको अन्तरवार्ताका क्रममा यस्तो बताएका हुन् ।

संसद विघटन भएपछि नेपाल पक्षले अब प्रधानमन्त्री केपी शर्मा ओलीसंग मिल्न नसकिने अवस्थामा पुगेको बताएको छ । विपक्षीलाई साथ दिन अर्को पार्टी खोलेर भएपनि संसद विघटनको विरोध गर्ने निर्णयमा माधव पक्ष पुगेको उनले बताएका छन् ।

यस्तो निर्णय गर्नुमा पार्टी अध्यक्ष ओली जिम्मेवार भएको उनको भनाई छ । ओलीले नै आफुहरुलाई अर्को पार्टी खोल्ने निर्णयमा पुर्याएको बताएका छन् ।

प्रधानमन्त्री ओलीको कदमलाई प्रतिगमन भन्दै अब राजनीतिक र कानुनी ल डाईमा जाने निर्णयमा पुगेको नेता नेपालले बताएका छन् । आफ्नो पक्षको स्थायी कमिटी बैठकले समेत सोही निर्णय गरेको जानकारी नेपालले दिएका छन् ।

प्रतिनिधिसभा बचाउनकै लागि आफुहरुले देउवाको साथ दिएको र त्यो नजोगिएपछि ओली विरुद्ध संघर्षमा जानुपर्ने अवस्था आएको उनको भनार्य छ ।

प्रतिनिधिसभा र लोकतन्त्र जोगाउन हामी फेरि पनि लागेका छौं । जो लोकतन्त्र र प्रतिनिधिसभा जोगाउन लाग्छ, उसैले कम्युनिस्ट पार्टी जोगाउने हो उनले भने ।

आफुहरुलाई पुरै वेवास्ता गरेर एकलौटी पार्टी चलाएका कारण पार्टी भित्र संघर्ष गर्नुपरेको नेपालले बताए । तर अब पार्टी विभाजनको अवस्थामा पुगीसकेको घोषणा पनि गरे । उनले ओलीले नै पार्टी एकता कार्यदलको औचित्य पनि सिध्याएको आरोप लगाएका छन् ।

Comment