Monday, June 21

राष्ट्रपति भण्डारी र ओलीलाई पुर्वराजाले कडा चेतावनी दिदै भने, ‘अपराधलाई जनताले माफी दिने छैनन्’

May 22, 2021 144

Sapana Sanjal : राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारीका बेला असामयिक राजनैतिक जालझेल सृजना गरी जन दायित्वबाट पन्छिन खोज्ने सरकारलाई जनताले कहिल्यै माफी नदिने बताएका छन्। प्रधानमन्त्री र राष्ट्रपतिले गरेको संसद विघटनप्रति लक्षित गर्दै शाहले आज सामाजिक सञ्जालमार्फत यस्तो बताएका हुन् ।

शाहले भनेका छन् , ‘यस वैश्विक महामारीको सङ्कटका बेला जन दायित्त्वबाट पन्छिनका लागि असामयिक राजनैतिक जालझेल श्रृजना गरी, जनताको स्वास्थ्य जस्तो गम्भिर समस्यालाई थाती राखेर सत्ता र शक्तिको बलमा स्वार्थका निम्ति देशलाई दुर्घटनातर्फ धकेल्ने शासक र उनका मतियारको अपराधलाई जनताले कहिले क्षमा गर्ने छैनन्।’  पूर्व राजा ज्ञानेन्द्रले ट्वीटरमा लेखेका छन् ।

Comment