Thursday, June 24

अहंकारको वृक्षमा विनाशको फल लाग्छ´ – विश्वप्रकाश

May 22, 2021 89

Sapana Sanjal : काठमाडौं ।

राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गरेसंगै राजनीतिक दल लगायत विभिन्न क्षेत्रबाट यसको विरोध सुरु भएको छ। शुक्रबार मध्यरातमा मन्त्रिपरिषदको सिफारिसमा राष्ट्रपतिले प्रतिनिधिसभा विघटन गरेर कात्तिक २६ र मंसिर ३ गते मध्यावधि चुनाव घोषणा गरेकी थिइन् । मध्यराती देखिनै सामाजिक सञ्जालमा विरोधका स्वर गुन्जन थालेका छन् ।

यसै क्रममा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले संविधानको सा’मूहिक ब’ला’त्कार दूश्परिणाम महँगो पर्ने भन्दै प्रधानमन्त्री केपी शर्मा ओली र राष्टपति विद्यादेवी भण्डारीलाई चेतावनी दिएका छन् । मन्त्रिपरिषदको बैठकले संसद विघटन गर्न सिफारिश गरेर प्रतिनिधिसभाको नयाँ मिति घोषणा गरेलगत्तै कांग्रेस प्रवक्ता शर्माले यस्तो टिप्पणी गरेका हुन् ।

उनले सामाजिक सञ्जालमार्फत लेखेका छन्-`अहंकारको वृक्षमा विनाशको फल लाग्छ´, सिंगो महाभारतको संक्षिप्त सार यत्ति हो ! बुझि राख्नु रास्ट्रपति महोदया र कमरेड प्रधानमन्त्रीजि, महाब्याधिका बेला मध्यावधिको रंगीन सपना महंगो पर्नेछ ! संविधानको सामुहिक बला’त्का’रको दुश्परिणाम महंगो पर्नेछ ।”

यस्तै कांग्रेसका नेता कांग्रेसका नेता गगन थापाले पनि चर्को आलोचना गर्दै सामाजिक संजालमा आफ्ना विचार पोखेका छन् । उनले लेखेका छन्, खड्ग ओली र विद्या भण्डारीलाई न संविधान मन परेको थियो,न संसद!विघटन,पुनर्थापित संसदको अपमान,विश्वासको मतको नाटक,७६(३)को सरकार गठन,विश्वास लिनुको सट्टा७६(५)को आव्हान,अनुकुल नभएपछि फेरी विघटन!कस्तो सेटिङ!प्रकृया त देखाउन मात्र थियो,यीनको मिसन त संसद र संविधानको हुर्मत लिनु थियो।लिए!

सन्की प्रधानमन्त्री र मतियार राष्ट्रपतिले मुलुक अँध्यारो सुरुङमा हालेका छन्। महामारीमा त यस्तो अधर्म गर्न सक्ने देशघाती जोडी यहिं र यत्तिमै रोकिने वाला छैनन् नेतागण!नअलमलिउँ,खुट्टा नकमाऔं,सचेत नागरिकको साथ लिएर राष्ट्रपति र प्रमको निर्लज्ज कामको सम्पूर्ण शक्तिका साथ प्रतिरोध गरौं।

Comment