Monday, June 14

देउवा भन्दा ओली एक कदम अघि, देउवा नपुग्दै ओलीले राष्ट्रपतिलाइ शीतलनिवासमा भेटेर दिए यस्तो पत्र

May 21, 2021 242

Sapana Sanjal : काठमाडौं ।

प्रधानमन्त्री दावी गर्न १४९ सांसदको हस्ताक्षर संकलन गरेको दावी सहित नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवा शीतल निवास पुग्दा पहिले नै प्रधानमन्त्री केपी शर्मा ओली पनि शीतल निवासमा पुगीसकेका थिए । ओली देउवा भन्दा पहिले नै शीतल निवास पुगेर प्रधानमन्त्रीमा दावी पेश गरेका छन् । उनले एकालेको १२१ र जसपाका १७ सांसदको हस्ताक्षर लिएर शीतल निवास पुगेको बताइएको छ ।

नेकपा एमालेको १२१ सांसद छन् । तर माधव नेपाल पक्षका २७ सांसद ओली इतरको गठबन्धनमा लागेका छन् । उनीहरुले यस अघि प्रधानमन्त्री ओलीले संसदमा विश्वासको मत लिँदा अनुपस्थित भएर असहयोग गरेका थिए । शीतल निवासमा ओली र देउवाको जम्काभेट भएको छ । ओली विपक्षी दलहरु कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्रीको दावीसहित शीतलनिवास पुग्नुअघि नै पुगेका कारण यतिबेला उनी शीतल निवास भित्र भएका कारण देउवाहरु समय कुरेर केही बेर बाहिर बसेका थिए ।

यसअघि बालुवाटारमा सम्पादकहरुसँगको अन्तरक्रियामा ओलीले आफूले पनि सरकारका लागि दावी पेस गर्ने बताएका थिए। उनले आफुसंग १२१ सांसद रहेको बताउँदै दावी पेश गर्ने जानकारी गराएका थिए । संसद जोगाउनकै लागि भएपनि आफुलाई विश्वासको मत दिनुपर्ने ओलीको तर्क थियो । ओली शीतल निवासवाट वाहिरिएपछि देउवा समुह भित्र प्रवेश गरेको हो ।

Comment