Friday, October 15

राष्ट्रपति विरुद्ध अभिब्यक्ति दिने गणतन्त्र विरोधी हुन्, सबै जिम्मा म लिन्छु राष्ट्रपतिलाई दोष नदिनु ओली हिम्मत भए सरकार बनाउनुस् मैले बाटो छोडिदिएँ

May 21, 2021 123

Sapana Sanjal : काठमाडौ ।

साढे २ महिना समय दिँदा पनि सरकारलाई दिएको समर्थन फिर्ता लिन नसक्ने र नयाँ सरकार बनाउन नसकेको अवस्था त देखेँ नी, दलहरु मिले त एक घण्टामा हुने काम हो । वैकल्पिक सरकार बनाउन सकिन्छ । सांझ सम्म वैकल्पिक सरकार बनाउनु मेरो संधै रचनात्मक सहयोग हुनेछ । सहयोगी भावनाका साथ मेरो दल प्रस्तुत हुनेछ । सक्नुहुन्न भने मलाई समर्थन गर्नु प्रधानमन्त्री केपी शर्मा ओलीले अकस्मात गरेको पत्रकार सम्मेलनमा शुक्रवार भने, महामारीका विरुद्ध सबै मिलेर सामना गरुँ ।

अन्तराष्ट्रिय रुपमा संकट आएको बेलामा राष्ट्र एक जुट भएर काम गरौं । उनले विहानै आफुले कांग्रेस सभापति शेरवहादुर देउवालाई फोन गरेर सरकार बनाउनुस् भनेर आग्रह गरेको बताए । त्यसो भन्दा मेरो नेतृत्वमा राष्ट्रिय सरकार बनाउन पनि आग्रह गरें उनले भने, सबैलाई समेटेर साझा समस्या समाधान खेल्न भुमिका खेल्छु । राष्ट्रिय राजनीतिलाई विभाजन गर्ने तर्फ भुमिका नखेल्न आग्रह गरें ओलीले भने ।

प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो निवास बालुवाटारबाट पत्रकार सम्मेलन गरेका छन् । सो पत्रकार सम्मेलनमा आफुले किन राष्ट्रपतिलाई नयाँ सरकार गठनका लागि मार्ग प्रसस्त गरेर सिफारिस गरें भन्ने कुराको स्पष्टिकरण दिएका छन् । विश्वासको मत लिन संसद गएँ भने म हार्छु हारे पछि ५ मा नै जाने हो, समय लम्ब्याउनु भन्दा मैले ५ मै जाने निर्णय गरें के यो मेरो कानुन विपरित काम हो ? उनले प्रश्न गरे ।

उनले संसदवाट सरकार दिन सक्ने अवस्थामा नदेखेपछि र आफुले ल्याएका योजनाका काम गर्न नपाउने देखेका बताएका छन् । त्यसरी नै आफुलाई काम गर्न नदिन सबै लागेका कारण संवैधानिक परिधिको चक्रवाट दलले निकास नदिएको र चक्रब्युहमा पार्न खोजेको आरोप लगाएका छन् । राष्ट्रपतिलाई महाअभियोग लगाउने कुरा उठेको भन्दै उनले आ क्रो श ब्यक्त गरे ।

यो गणतन्त्र विरुद्धको खेल हो, उनले भने, राष्ट्रपति गणतन्त्रको प्रतिक हो । राष्ट्रपति माथि यस्ता अभिब्यक्ति दिने काम गणतन्त्र विरुद्ध हो । मलाई विस्थापित गर्ने वाटो खोलिदिएको छु सरकार बनाउनुस् । तर राष्ट्रपतिलाई आरोप नलगाउनुस् । नयाँ सरकार गठनको सिफारिस मैले गरेको हुँ सबै जिम्मा म लिन्छु ।

Comment