Friday, June 18

काममा निस्किएका श्रीमान सयममै घर नफर्किएपछी उनलाई खोज्न निस्किएकी श्रीमती, न त श्रीमानसँग भेट नै हुन पायो..

May 21, 2021 416

Sapana Sanjal : मोरङको रङ्गेली नगरपालिका–३ का १९ वर्षीय बिनोद यादव भाउजुको ज्या न लि एको आरोपमा पक्राउ परेका छन् । बुधबार बिहान साँढे ७ बजेको समयमा रङगेली नगरपालिका ३ तिलुवा चौकको नहरमा मृ त फेला परेकी २४ बर्षीया अनिता यादवको घाँ टीमा का टि ए को पाएसंगै प्रहरीले अनुसन्धान थालेको थियो । प्रहरी टोलीले मृ त क कै देवर बिनोदको संग्लग्नता रहेको पाएपछी उनलाई पक्राउ गरेको हो ।

अनिता र देवर बिनोद बिच मंगलवार साँझ झै झ ग डा भएको र सोही रिसिईबीका कारण बिनोद यादवले राती ८ बजे भाउजुको ज्यान लिएका थिए । पक्राउ परेका यादवको सम्बन्धमा ईलाका प्रहरी कार्यालय रङगेलीले थप अनुसन्धान गरिरहेको छ ।

यस अघि मोरङको रंगेली नगरपालिकामा अनिता यादवको शव फेला परेको थियो । अनिताको उमेर २४ बर्ष रहेको प्रहरीले जनाएको छ । नहरको बीच भागमा बुधबार २४ वर्षीया अनिता यादवको शव भेटिएको थियो । यादवको घर घटनास्थलबाट करिब दुई किलोमिटर टाढा छ । शव नहरमा भेटिएको जानकारी पाएपछि प्रहरी यसको अनुसन्धानमा लागेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी सन्तोष खड्काले जानकारी दिएका थिए ।

उनको ज्या न लि एर पछि फा लि एको अवस्थामा शव भेटिएपछि प्रहरीले अनुसन्धान सुरु गरेको थियो । प्रहरीले घटनामा परिवारकै संलग्नताको आशंका गरिएको थियो । प्रहरीले घटनाको अनुसन्धानका लागि अनिताका श्रीमान्, सासु, ससुरा र देवरलाई पक्राउ गरेको थियो ।

प्रहरीले १९ बर्षका देवर बिनोद यादव, ५० वर्षीया सासु बिजुली यादव, श्रीमान् बेचन यादव र ससुरा रामु यादवलाई अनुसन्धानका लागि साथै लिएर सोधपुछ थालेको थियो ।

Comment