Wednesday, September 22

प्रधानमन्त्री ओलीले आकस्मिक रुपमा बोलाएको पत्रकार सम्मेलनमा गरे यस्तो संकेत (लाइभ भिडियो हेर्नुस्)

May 21, 2021 124

Sapana Sanjal : काठमाडौ । प्रधानमन्त्री केपी शर्मा ओलीले अहिले आफ्नो निवास बालुवाटारबाट पत्रकार सम्मेलन गरिरहेका छन्। उनले आफुले कसैलाई ढाटछल गर्नका लागि आफु उपधारा ५ मा जान लागेको भन्ने आरोप लगत भएको बताएका छन् । उनले एक वर्ष देखि आफु विरुद्ध षडयन्त्र भएको र आफु सरकारमा जान अस्थायी स्थितीमा लैजाने काम भएको बताए ।

उनले संसदवाट सरकार दिन सक्ने अवस्थामा नदेखेपछि र आफुले ल्याएका योजनाका काम गर्न नपाउने देखेका बताएका छन् । त्यसरी नै आफुलाई काम गर्न नदिन सबै लागेका कारण संवैधानिक परिधिको चक्रवाट दलले निकास नदिएको र चक्रब्युहमा पार्न खोजेको आरोप लगाएका छन् ।

उनले महामारी तर्फ लाग्ने समय नै नदिएर दलले षडयन्त्र गरेका कारण नै आफुले संसद विघटनको सिफारीस यस अघि गरेको बताएका छन् । उनले संविधान ब्याख्या हुने चिज होइन ब्याख्या गर्ने चिज हो । देशको परिस्थिती अनुसार विष्लेषण गर्ने र समस्या समाधान गर्ने गरी कार्यान्वयन हुने भएकाले त्यसको मर्म अनुसार नै आफुले ब्यवहार गरेको बताएका छन् ।

Comment