Friday, September 17

घरबाट खाना खाएर निस्किएका २ बालकको घाँ’टी रे टिएको अवस्थामा शव फेला !

May 21, 2021 172

Sapana Sanjal : बाराको कलैयामा दुईजना बालकको घाँ टी रे टि ए को अवस्थामा शव फेला परेको छ । मंगलबार बिहान कलैया उपमहानगरपालिका-७ रंगपुरस्थित बन्दै गरेको मदरसाको एक कोठामा दुई जना बालकको शव फेला परेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक गौतम मिश्रले सोमबार बेलुका ७ बजे घरबाट निस्किएर बे प त्ता रहेकका उनीहरु बिहान घाँ टी रेटिएको अवस्थामा मृ त फे ला प रे को जानकारी दिए ।

यस्तो  अवस्थामा उसमान र अमिनको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता (डिएसपी) गौतम मिश्रले बताए । मृतक दुवैजना स्थानीय गफार मियाँका छोरा हुन् । सोमबार साँझ ८ बजे घरबाट खेल्न गएका उनीहरु घर फर्केका थिएनन् । स्थानीयले आज बिहान शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।

मृतक बालकहरु सोही स्थान बस्ने ९ वर्षीय उस्मान अन्सारी र ७ वर्षीय अमान अन्सारी हुन् । अहिले घटनास्थललाई नियन्त्रणमा लिएर थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

Comment