Tuesday, June 15

Sapana Sanjal : काठमाडौ । नयाँ सरकार गठनको समय सकिनै लाग्दा नेपाली कांग्रेसले सर्वदलिय बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सर्वदलिय वैठक बोलाइएको हो । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाईएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् । शुक्रवार विहानै बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेसंगै फेरी सर्वदलिय बैठक बोलाइएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतलाई खबर गरिएको बताएका छन् । एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी हुन बुढानिलकण्ठ पुगीसकेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।

May 21, 2021 14

Sapana Sanjal : काठमाडौ ।

नयाँ सरकार गठनको समय सकिनै लाग्दा नेपाली कांग्रेसले सर्वदलिय बैठक बोलाएको छ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास बुढानिलकण्ठमा सर्वदलिय वैठक बोलाइएको हो । बैठकमा नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाललाई पनि बोलाईएको छ । त्यस्तै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पुगेका छन् ।

शुक्रवार विहानै बसेको कांग्रेस पदाधिकारी बैठकले राष्ट्रपति, प्रधानमन्त्रीका कदम संविधानविपरीत भएको भन्दै अन्य दलसँग छलफल गरी रणनीति तय गर्ने निर्णय गरेसंगै फेरी सर्वदलिय बैठक बोलाइएको हो । बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, जसपाका अध्यक्ष उपेन्द्र यादव, एमाले नेता माधव नेपाललगायतलाई खबर गरिएको बताएका छन् ।

एमालेका नेता माधवकुमार नेपाल प्रधानमन्त्री केपी ओलीविरोधी छलफलमा सहभागी हुन बुढानिलकण्ठ पुगीसकेका छन् । काँग्रेस सभापति शेरबहादुर देउवाको निमन्त्रणामा नेपाल छलफलका लागि बूढानीलकण्ठ पुगेका हुन् । यसअघि नै माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड बूढानीलकण्ठ पुगिसकेका छन् ।

राष्ट्रपतिले नयाँ सरकार गठनका लागि भएको आव्हानपछि अब कसरी अघि बढ्ने भन्नेबारे छलफलका लागि प्रचण्डसहित माधव नेपाल र उपेन्द्र यादव लगायतलाई पनि बोलाएका हुन् । विपक्षी गठबन्धनले राष्ट्रपतिको आव्हानलाई असंवैधानिक भनेको छ ।

Comment