Thursday, June 24

कांग्रेसको आकस्मिक बैठकले गर्यो यस्तो निर्णय, राष्ट्रपति विरुद्ध पनि पर्यो सर्वोच्चमा रिट

May 21, 2021 90

Sapana Sanjal : काठमाडौ ।

राष्टपतिले नयाँ सरकार गठनका लागि गरेको आह्वान असंवैधानिक भएको ठहर नेपाली काँग्रेसले गरेको छ । २४ घण्टाको समय दिएर राष्ट्रपतिले विहिवार नयाँ सरकार गठनको आह्वान गरेपछि शुक्रवार विहान आकस्मिक रुपमा बसेको कांग्रेसको बैठकले यस्तो ठहर गरेको हो ।

त्यस्तै सरकारले संविधानको मर्म र भावनामाथि प्र हा र गरेको निष्कर्ष पनि बैठकले निकालेको छ । काँग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा शुक्रवार विहान आकस्मिक बसेको पार्टी पदाधिकारीलगायतका बैठकले सरकारले संविधानको मर्म र भावनामाथि प्र हा र गरेको ठहर गरेको सहमहामन्त्री प्रकाशशरण महतले जानकारी दिए ।

बैठक पछि पत्रकारहरुसंग कुरा गर्दै नेता महतले अबकसरी अघि बढ्ने भन्नेमा अरु दलसँग छलफल गरेर थप निर्णय लिइने बताए । ‘ओली सरकारबाट संविधानको मर्म र भावनामाथि प्र हा र गर्ने कोशिस भएको छ। त्यसलाई हामी सफल हुन दिँदैनौँ’, उनले भने, ‘अब कुन बाटो तय गर्दा ठीक हुन्छ अरु दलसँग पनि छलफल गरेर अघि बढ्छौँ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न संविधानको धारा ७६९५० अनुसार गरेको आह्वान संविधान विपरित भएको भन्दै सर्वोच्च अदालतमा रिट पुगेको छ । अधिवक्ता सन्तोष भण्डारीलगायतले राष्ट्रपति कार्यालय, प्रधानमन्त्री कार्यालय र स्वयम् प्रधानमन्त्री ओली समेतलाई विपक्षी बनाएर रिट दायर गर्नका लागि अदालतमा पेश गरेका हुन् । रिट दर्ता हुने प्रक्रियामा रहेको सर्वोच्च अदालत स्रोतले जनाएको छ ।

Comment