Friday, October 15

जागिर छोडेको १५ वर्ष सम्म पनि अस्पतालका प्रवन्धकले तलब खाइरहेको रहस्य खुलेपछि

April 22, 2021 311

Sapana Sanjal: काठमाडौ । नेपालमा काम नगरी तलब खानेहरु धेरै भेटिन्छन् । तर विदेशमा पनि यस्तो घ,टना हुँदो रहेछ । इटलीका एक व्यक्तिले काममा नगई १५ वर्षदेखि तलब खाएको थाहा भएपछि उनीमाथि ठ गीको मु द्दा मा अनुसन्धान भइरहेको छ।
अस्पतालमा कार्यरत एक कर्मचारीले १५ वर्षसम्म काममा नगई पूरा तलब प्राप्त गरेका थिए। बीबीसीका अनुसार दक्षिणी सहर क्याटानजारोस्थित चाच्चो अस्पतालमा कार्यरत ती कर्मचारी सन् २००५ बाटै काममा आउन छाडेको आरोप लगाइएको छ।

उनीमाथि ठ गी, ज ब र जस्ती पैसा असुलेको अनि कार्यालयको दुरुपयोग गरेको विषयमा अनुसन्धान भइरहेको समाचार संस्था एन्साले उल्लेख गरेको छ। काम गरिरहेको ठानिएका उनलाई त्यस अवधिमा कुल ५३८,००० युरो तलब दिइएको बताइएको छ।

अस्पतालमा छ जना प्रबन्धकहरूमाथि पनि सोही मु द्दा मा अनुसन्धान भइरहेको छ। इटलीका सार्वजनिक निकायहरूमा हुने ठ गी र अनुपस्थितिको आशङ्कामा प्रहरीले गरेको लामो अनुसन्धानपछि उनी पक्राउ परेका हुन्। पक्राउ परेका व्यक्ति सरकारी जागिरे हुन् र उनलाई सन् २००५ मा अस्पतालमा सरुवा गरिएको थियो।

उनले त्यसपछि काम छल्न थालेको प्रहरीले जनाएको छ। उनले आफूविरुद्ध अनुशासनको कारबाही नगर्न तत्कालीन प्रबन्धकलाई ध म्की दिएको समेत प्रहरीले आरोप लगाएको छ। ती प्रबन्धकले अवकाश लिएपछि उनको अनुपस्थिति त्यसपछिका प्रबन्धकहरू र मानव सं,साधन निकायले थाहै नपाएको प्रहरी भनाइ छ।

Comment