Tuesday, June 15

बादल हारेको केहि घण्टामै ओलीले भने, आज मेरो ‘मुड अफ’ छ, म ब्याक भए, अब यसरि जानुपर्ला

May 20, 2021 116

Sapana Sanjal : काठमाडौ ।

विहिवार नेपालको राजनीतिमा दुई वटा ठूला घटना भए । जसमा गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादल दुवै घटनावाट प्रभावित भए । एकातिर हेटौंडामा भएको राष्ट्रिय सभा सदस्य निर्वाचनमा पराजय भए भने अर्को तर्फ सर्वाेच्च अदालतले उनको मन्त्री पद पनि खारेज गरिदियो ।

वादललाई जिताउनु प्रधानमन्त्री ओलीका लागि पनि निष्ठाको विषय थियो । त्यसैले मौन अवधिको पनि ख्याल नगरेर उनले वादलका लागि भोट माग्दै पार्टी पंक्तिलाई निर्देशन दिए ।

तर उनकै पार्टीको माधव नेपाल समुहले सहयोग नगर्दा वादलले पराजय वेहोर्नु पर्यो । यता संसदवाट विश्वासको मत प्राप्त गर्न नसकेपछि पनि वहुमत प्राप्त दलको नेताको हैसियतवाट प्रधानमन्त्री बनेका ओलीले सांसद नै नभएका नेतालाई नै मन्त्री दोहोर्याए ।

माओवादी छोडेर एमाले प्रवेश गरेकाहरुलाई उनले मन्त्री दोहोर्याएका थिए । सर्वोच्चको फैसलाले माओवादी छोडेर एमालेमा आएका सबै गैर सांसदहरुको मन्त्री पद खारेज गरिदिएको छ ।

एकै पटक दुईतिरवाट झट्का खाएका प्रधानमन्त्री ओलीले विहिवार नै मन्त्रीपरिषद् बैठक डाकेका थिए । वैठक सुरु हुँदा यि दुई घटना भइसकेका थिए । सर्वोच्चवाट मन्त्री फुस्किएका मध्य केही विहिवारको मन्त्रीपरिषद् वैठकमा सहभागी भए ।

मन्त्री पद खारेज भएकाहरुलाई वैठकमा उपस्थित देखेपछि ओलीको आजको ब्यवहार अलि फरक देखियो । सहभागी एक मन्त्रीका अनुसार प्रधानमन्त्री ओलीले सर्वोच्च अदालतको फैसलाले मुड अफ भएको बताएका थिए ।

आजको फैसलाले मेरो ुमुड अफु भएको छ। बैठक सुरु गर्दै प्रधानमन्त्रीले भनेको भनाई उदृत गर्दै एक मन्त्रीले भने, अब संसदमा विश्वासको मत लिएर काम छैन जस्तो लागेको छ। यसअघि पनि विश्वासको मत आएको थिएन, अब नआउने विश्वासको मतका लागि किन प्रयास गर्नेरु धारा ७६ को उपधारा ५ अन्तर्गतको सरकार गठनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गर्नुपर्ला।

बैठकमा सहभागी एक मन्त्रीका अनुसार ७ गैरसांसद मन्त्रीलाई पदमुक्त गर्ने सर्वोच्च अदालतको आदेशप्रति प्रधानमन्त्री आक्रोशित थिए । बैठकमा भएको कुराकानीबारे उनले भने, ‘अब विश्वासको मत नलिने, अब ७६ (५) अनुसार उनीहरुलाई (विपक्षी दललाई) नै सरकार बनाऊ भनेर राष्ट्रपतिलाई सिफारिस गरौं भन्दै हुनुहुन्थ्यो ।’

Comment