Friday, September 17

आज नेपालभर कोरोनाले बनायो यस्तो रेकर्ड

May 20, 2021 240

Sapana Sanjal : नेपालमा कोरोनाभाइरसका आठ हजार २२७ जना सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा मुलुकभर २२ हजार ०८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण ८ हजार ३०५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । ८ हजार ३०५ जना नयाँ संक्रमित थपिएसँगै कुल संक्रमितको संख्या ४ लाख ८८ हजार ६४५ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा छ हजार ५४३ जना सङ्क्रमित कोरोनामुक्त भएका छन् । देशभरबाट ६ हजार ५४३ जना निको हुँदा डिस्चार्ज हुनेहरुको कुल संख्या ३ लाख ६६ हजार ९४६ पुगेको छ ।

यसैगरी क्वारेन्टाइनमा रहनेको संख्या ९ सय ३२ रहेको छ । पछिल्लो २४ घण्टामा देशभर २२ हजार ८७ जनाको पीसीआर–एन्टिजेन परीक्षण हुँदा हालसम्म कुल २८ लाख ५५ हजार ७९३ जनाको पीसीआर–एन्टिजेन परीक्षण भएको छ ।

यसै गरी पछिल्लो २४ घण्टामा थप १ सय ९० संक्रमितको मृत्यु भएको छ । हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५ हजार ८४७ पुगेको छ । यस्तै, काठमाडौं उपत्यकामा थप ३ हजार २३२ जनामा कोरोना भाइरस पुष्टि भएको छ। काठमाडौंमा मात्रै २६००, भक्तपुरमा २२९ र ललितपुरमा ४०३ जनामा संक्रमण पुष्टि भएको हो।

Comment