Monday, June 14

बादललाई दोहोरो झट्का ! वादल सहित ७ मन्त्रीको पद गयो, निर्वाचन पनि हार्ने सम्भावना

May 20, 2021 99

Sapana Sanjal : काठमाडौ ।

गृहमन्त्री समेत रहेका रामबहादुर थापा बादललाई दोहोरो झट्का लागेको छ । सर्वोच्च अदालतले सात जना मन्त्रीको नियुक्तिविरुद्ध परेको रिटमा नियुक्ती बदर गर्न अन्तरिम आदेश दिए पछि उनको गृहमन्त्री पद गएको छ । उनी सहित माओवादी छोडेर एमालेमा आएका ७ मन्त्रीको पद खारेज भएको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सांसद नभएका उनीहरुलाई दोस्रो पटक मन्त्री बनाएका थिए । नेकपा विवादमा गत फागुन २३ को फैसलापछि माओवादीमा नफर्की एमालेमा बसेका कारण उनीहरुलाई प्रधानमन्त्रीले समायोजन गर्दै मन्त्री बनाएका हुन् ।

यस अघि संसदवाट विश्वासको पद नपाए पछि पनि राष्ट्रपतिद्धारा संसदको सबैभन्दा ठूलो दलको हैसियतमा तेस्रो पटक प्रधानमन्त्री बनेका ओलीले उनीहरुलाई नै मन्त्री परिषदमा दोहोर्याएका थिए ।

बिहीबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको एकल इजलासले गृहमन्त्री रामबहादुर थापा बदलसहित पूर्व संघीय संसदको सदस्य नरहेका सात मन्त्री संविधानको धारा ७८ अनुसार एक पटकलाई बढीमा ६ महिनामात्र मन्त्री हुन सक्ने भन्दै पुनः नियुक्तिलाई अन्तरिम आदेशमार्फत बदर गरेको हो ।

अधिवक्ता कपिल देव ढकाल र रविराज थापाले सात मन्त्रीको नियुक्ती बदर माग गर्दै सर्वोच्चमा रिट दायर गरेका थिए । सर्वोच्चको आदेशपछि गृहमन्त्री रामबहादुर थापा बादल, उद्योगमन्त्री लेखराज भट्ट, ऊर्जामन्त्री टोपबहादुर रायमाझी, शहरी विकासमन्त्री प्रभु साह, खानेपानी मन्त्री मणि थापा, श्रममन्त्री गौरीशंकर चौधरी र युवा तथा खेलकुद मन्त्री दावा लामा मन्त्री पदबाट मुक्त भएका छन् ।

विहिवार नै भएको राष्ट्रिय सभा सदस्य पदको निर्वाचनमा पनि नेकपा एमालेकै माधव कुमार नेपालको समुहले सहयोग नगरेका कारण वादलले सो पद पनि नजित्ने सम्भावना अत्याधिक छ । माधव नेपालकै सिफारिसमा एमालेकै अर्का नेता डा खिमलाल देवकोटा वादलको विपक्षमा उम्मेदवार बनेका छन् । उनलाई ओली वाहेक अन्य गठबन्धनको समर्थन छ ।

Comment