Monday, June 21

माधव पक्षले वादललाई भोट नदिएपछि प्रधानमन्त्री ओलीले गर्दैछन् यस्तो निर्णय, बोलाए स्थायी कमिटीको आकस्मिक बैठक

May 20, 2021 102

Sapana Sanjal : काठमाडौं ।

राष्ट्रिय सभा निर्वाचनमा एमालेका उम्मेदवार रामबहादुर थापा बादललाई माधव नेपाल पक्षले असहयोग गरेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा एमालेको स्थायी कमिटी बैठक बोलाएका छन् ।

बैठकमा माधव पक्षसंग भएको वार्ता र असहयोगका बारेमा छलफल हुने बताइएको छ । ओलीले विहिवार दिउँसो बस्ने गरी बैठक बोलाएका हुन् । माधव नेपाल पक्षले असहयोग गरेका कारण एमालेका उम्मेदवारले विजय पाउने सम्भावना देखिएको छैन ।

पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँगको छलफलपछि महासचिव ईश्वर पोखरलले दिउँसो २ बजे बैठक बोलाएको जानकारी दिएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बस्ने बैठकमा माधव नेपाल पक्षसँग भएको वार्ताका बारेमा कुराकानी हुने पोखरेलले बताएका छन् । त्यस्तै राष्ट्रियसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा स्थयी कमिटी सदस्य रामवहादुर थापा बादललाई माधव पक्षले गरेको असहयोग पछि पार्टीले ठोस निर्णय लिने सम्भावना पनि देखिएको छ ।

Comment