Thursday, June 24

बुवाको कम्मरको भाग पुरै कु`हिएको छ ,छोरिहरुले ओछ्यानमै दिशा पिसाब गराउछन् ,यतिसम्म गर्छन्,कठै बिचरा (हेर्नुस् भिडियो )

May 20, 2021 645

Sapana Sanjal : काठमाडौ ।

जोरपाटीको नयाबस्ति जहाँ एकजना बुवा र दुई छोरिहरु बस्छन् ।बुवाको यस्तो दयनिय अवस्था छकि उहाको अवस्था हेर्दैगर्दा हामी कतिबेला रुन पुग्यौ नै थाहा पाइएन् ।यस्तो अवस्था देख्दा कस्को आँसु नझरोस् पनि।

बुवा बिस्तारामै लम्पसार हुनुहुन्छ ।बुवाको शरिर नै चल्दैन ,उहाको कम्मरको भाग पुरै कु`हिएको छ र प्रसस्तै पिपहरु सहजै देख्न सकिन्छ ।उहाको दिशा पिसाब पनि त्यहि बिस्तारामानै हुन्छ ।उहाको हेरचाह दुई छोरिहरुले गर्दैछन् ।उहालाई दिशा पिसाब ओछ्यानमै गराउने ती दुई छोरिलाई सलाम ।

बुवाको नाम भगवान् राई हो ।आफ्नै छोरिलाई यस्तो गर्न लगाउने कुनचहि पितालाई रहर हुदोहोर तर रहर नभई बाध्यताले कहिलेकाही साह्रै पिरोल्दो रहेछ ।उता छोरिहरु आफ्नोे बुवालाई अत्याधिक माया गर्छन् र सानैमा आफुहरुलाई आमाले छोडेर गएपछि बुवाले नै हुर्काएर यहासम्म ल्याउनुभएको भन्दै भावुक समेत हुन्छन् ।

बुवाको घर भोजपुरको भैसिपंखा भन्ने ठाउँ हो ।उहाँ यो ढंगबाट एकदमै गाह्राे अवस्थाबाट गुज्रिरहेको भने एक महिना भयो ।यस्तो लकडाउन दयनिय अवस्थामा सहयोग को एकदमै आवश्यक परेको उक्त परिवारलाई जो कोहि जति सकिन्छ सहयोग गरिदिन हामी सबैमाझ अपिल गर्छौ ।

हेर्नुस् भिडियो सामाग्री

 

Comment