Friday, October 15

आमा बाबाको अन्तिम अनुहार सम्म हेर्न इच्छा हुदा हुदै पनि ……

May 20, 2021 221

Sapana Sanjal : रुकुम,रुकुम बाँफिकोट गाउँपालिका–५ निवासी अमृता केसी र उहाँका श्रीमान खरबहादुर केसीको कोरोनाले जेठ २ र ४ गते नि,धन भयो । रुकुम पश्चिमको सल्ले अस्पतालमा दुई दिनको फरकमा आमा बाबाको नि,धन हुदा ३२ वर्षकी कान्छी छोरी देवि केसी भने लामो समयदेखि पढाइको सिलसिलामा संघीय राजधानी काठमाडौँ बस्नुहुन्थ्यो । निषेधाज्ञामा काठमाडौमै बस्ने सोच बनाउनुभएको उहाँले आमा–बाबाको मृ त्युको खबरपछि घर जाने योजना बनाउनुभयो ।

आमा बाबाको अन्तिम अनुहार हेर्न नपाए पनि हिन्दु संस्कार अनुसारको विधिमा सहभागी हुन देवि हिँजो साँझ माछापोखरीबाट रुकुम पश्चिमको लागि गाडी चढ्नुभयो । गाउँमा जाने क्रममा आफ्नो सँगै सिटमा बस्नुभएको एक अर्का यात्रुलाई आफ्नो सबै दुख सुनाउनुभयो । कोरोनाले दुई दिनको फरकमा आमा र बाबाको निधन भयो भन्दै आफ्ना पीडा पोख्नुभयो ।

गाउँ जाने गाडी अगाडि बढ्यो, यात्रुहरु भने खचाखच थिए, अलिकति टेक्ने ठाउँ समेत थिएन । कमल ताल डिलक्सको उक्त गाडीले रुकुम लैजाने ५८ जना यात्रुहरु बोकेको थियो । माछापोखरीबाट साँझ ८ बजे हिडेको गाडी बुधबार बिहान ५ः३० बजेको आसपासमा नवलपरासीको दाउन्नेमा दुर्घटना भयो । उक्त दुर्घटनामा केसीको मृ त्यु भयो ।

अहिले देवीको मृ,त्युको खबरले रुकुम पश्चिम बाँफिकोट गाउँपालिका–५ स्यार्पुगाँउ गहिरो शोकमा डुबेको छ । आमाको जेठ २ गते नि,धन भएपछि काजकिरिया बसेका छोरा तिलविर केसीलाई जेठ ४ गते बाबुको नि,धन भएपछि पीडामाथि झनै पीडा थपिएको थियो तर बाबा आमाको १३ दिनको पुण्य तिथिमा सहभागी हुन घर आउँदै गरेको बहिनीको मृ त्युको खबरले दाइ तिलबिर र दिदी हिरा भावविह्वल बन्नुभएको छ ।-जनता टाइम्स

Comment