Tuesday, June 22

एका बिहानै आएको भूकम्पले लम्जुङमा सात घर भत्किए, तीन घाइते, अन्य स्थानमा यस्तो छ क्षतिको विवरण

May 19, 2021 110

Sapana Sanjal : लमजुङ, ५ जेठ । आज (बुधबार) बिहानै गएको भूकम्पका कारण लमजुङमा भा गाभा ग म च्चिए को छ । आज विहान ५ः४२ बजे लमजुङलाई केन्द्रविन्दू बनाएर गएको ५.८ म्याग्निच्युटको भूकम्पका कारण यहाँका सात वटा घर भ त्के का छ न् ।

भूकम्पले घर भ त्किँ दा चो ट ला गे र तीन जना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एक जना घाइतेको नाम खुलेको छैन ।

लम्जुङका डिएसपी गंगाबहादुर थापाका अनुसार अहिलेसम्म सात वटा घर भत्केका छन् । घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको उनले जानकारी दिएका छन् । उनका अनुसार भत्किएका सबै कच्ची घर हुन् । घाइतेलाई जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको उनले बताए । गाउँमा कच्ची घर भएकाले पनि भूकम्पले भत्किएर स्थानीय घाइते हुन पुगेको उनले बताए ।

लम्जुङको भूलभूले, बाँझाखेत आसपासमा केन्द्र रहेर बुधबार बिहान ५ः४२ मिनेटमा ५.८ म्याग्निच्युटको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ । त्यही भूकम्पमा परेर केन्द्रबीन्दु आसपासका केही घरमा क्षति पुगेको लम्जुङ प्रहरीले बताएको छ ।
भूकम्पको धक्का लम्जुङसहित आसपासका मनाङ, गोरखा, तनहुँ, कास्कीसम्म पुगेको थियो । बिहानैको समयमा भूकम्प गएकोले सर्वसाधारण भा गाभा ग गरेका थिए । भूकम्पको धक्का काठमाडौं उपत्यकासम्म महसुस गरिएको थियो ।

Comment