Monday, June 14

कसैले शव उठाउन त के घर सम्म पनि जान नमानेपछि गाउँपालिका अध्यक्ष आँफैले संक्रमितको शव उठाई व्यवस्थापन गरे !

May 19, 2021 110

Sapana Sanjal : भैरहवा ।

कोभिडको दोश्रो लहरमा अहिले नेपाल प्रभावित रहेको छ । यससँगै मुलुककै अत्याधिक प्रभावित जिल्लाको रुपमा रुपन्देही पनि रहेको छ ।  संक्रमणकै कारण यहाँ दैनिक रुपमै स्थानीयहरुको ज्या’न गइरहेको छ । कसैले अस्पतालमा अक्सिजनको अभावमा ज्यान गु मा ई रहेका छन भने कतिपयको उपचार नै नपाई घरमै ज्यान गई रहेको छ ।

अस्पतालमा ज्यान जानेहरुको मृतकको आफन्तको समन्वयमा नेपाली सेनाले ब्यवस्थापन गरे पनि घरमै ज्यान गुमाउनेहरुको शव ब्यवस्थापन समेत हुन सकेको छैन । रुपन्देहीमा यस्तै एक घटना भएको छ । जिल्लाको ओमसतिया गाउँपालिका वडा नम्बर २ कर्मडाँडाका ५१ वर्षिय चन्द्र बहादुर गुरुङ्गको कोभिडको कारण सोमबार बिहान मृ,त्यु भयो ।

३ भाई, १ श्रीमती र छोरा समेत कोभिड संक्रमित भएका उनको परिवारमा उनको शव उठाउन सक्ने कोही भएन । घरमा शव उठाउने कोही नहुदा टोल छिमेकले पनि यसमा चासो राखेन । कोभिड बिरामी गुरुङ्गको शव घरबाट निकाल्न नै स्थानीयहरु ड राए । उनको घरमा पस्ने समेत कसैले हिम्मत गर्न सकेनन् । ‘मर्दा–पर्दा छिमेकी नै काम लाग्ने’ भन्ने उखान यहाँ लागू हुन सकेन । कोभिड संक्रमितको शव छुँदा आफूपनि संक्रमित हुने र आफ्ना बालबच्चा समेत जोखिममा पर्ने त्रा’सले गुरुङ्गका छिमेकीहरु उनको घर पनि जान सकेनन् ।

शव बारे ओमसतिया गाउँपालिकामा खबर भयो । गाउँपालिकाको स्वास्थ्य संयोजकले पनि शव ब्यवस्थापनको लागि छिमेकीको साथ मागे, तर उनलाई सहयोग गर्न कोही अगाडी आएनन् । शव ब्यवस्थापनका कोही अगाडि नआएपछि स्वास्थ्य संयोजक दिपक ज्ञवालीले यस बारे गाउँपालिका अध्यक्ष हिरा केवटलाई खबर गरे । बिहान साढे ७ बजे खबर पाएका गाउँपालिका अध्यक्ष केवट पनि छिमेकीहरुलाई २ घण्टासम्म शव ब्यवस्थापनमा साथ दिन अनुनय विनय गरे तै पनि कोही छिमेकी आएनन् ।

कोही अगाडि नसरेपछि केवटले गाउँपालिकाकै ट्रयाक्टरमा राखेर शव ब्यवस्थापन गर्ने प्रयास गरे । ‘पिपिई सेट ल्याएर परिवारको सहयोगमा शवलाई गाउँपालिकाकै ट्रयाक्टरमा राख्यौ।’ केवटले भने ‘ट्रयाक्टरमा शव राखिएकै कारण सो ट्रयाक्टर चलाउन पनि कोही अगाडि सरन, अन्ततः मैले नै उक्त ट्रयाक्टर हाँके र कर्मडाडामै लगेर अन्ति’म संस्का र गराए ।” केवटले यसलाई जनयु’द्ध र राजतन्त्र बि’रु’द्धको आन्दोलन भन्दापनि यस समयमा जनप्रतिनिधि हुनुको दायित्व बढी रहेको बताए ।

जनप्रतिनिधि भएर काम गर्न भन्दा सयौं गुना सजिलो राजतन्त्रको वि रु द्ध माओवादीद्वारा संचालित जनयु द्ध थियो । उनले त्यतिबेला सानो ठूलो गरि बिभिन्न ५० भन्दा धेरै यु द्ध लडेको र यस्तो यु द्धमा एक जना साथीको बलिदानी पछि सयांै साथीहरूले आफ्नो बलिदानको लागि तयार हुने गरेको उनले स्मरण गरे । ‘तर आज एउटा पनि सहयो द्धा यस्तो भेटिएनन् कि साथ दिउन् उल्टै जिम्मेवारी पूरा गरेर नजिक आउन खोज्दा

साथीहरू टाढा भाग्ने अवश्यकता भन्दा धेरै ड राउने गरे ।’ केवटले भने । उनले थपे ,मेरो पनि परिवार छन् । तर, जनप्रतिनिधि भएर काम गर्दा मेरा लागि सबै भन्दा पहिला देश र जनता हुन् । जनप्रतिनिधि भएकोले मैले आफ्नो कर्तब्य मात्र निर्वाह गरेको हु । ’ गाउँपालिका अध्यक्ष भएर खाएको कसमलाइ शरीरमा प्र ण रहुन्जेल आ त्मसा त् गरि निरन्तर अगाडि बढ्ने प्रण गरेको उनि सुनाउँछन् ।

Comment