Friday, September 17

बेलायतको भन्दा ५० प्रतिशत बढी संक्रामक हुने भेरियन्ट नेपालमा पत्ता लागेको पुष्टि

May 19, 2021 202

Sapana Sanjal : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार भारतको एउटा प्रयोगशालामा जीन सिक्वन्सिङ गर्दा बी।१।६१७।२ भेरिअन्ट र बी।१।६१७।१ भेरिअन्ट पुष्टि भएको हो।

हालसम्म नेपालमा यो परिवर्तित भाइरससहित तीन किसिमका भेरिअन्ट पुष्टि भएको मन्त्रालयद्वारा मङ्गलवार साँझ जारी विज्ञप्तिमा उल्लेख छ। विश्व स्वास्थ्य सङ्गठनले मे महिनामा त्यसलाई भेरिअन्ट अफ ग्लोबल कन्सर्न भनेर वर्गीकरण गरेको थियो। अर्थात् उसका अनुसार यो प्रकारको कोरोनाभाइरस चिन्ताको विषय हो।

यस सन्दर्भमा इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले तेस्रो भेरियन्ट यस अघि देखा परेको भेरियन्ट भन्दा ५० प्रतिशत बढी संक्रामक रहको बताएका छन् । इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा प्रमुख डा।

कृष्ण पौडेलले शुरुमा बेलायतमा पत्ता लागेको भेरियन्ट भन्दा यो भेरियन्ट ४० देखि ५० प्रतिशत बढी संक्रामक रहेको बताए । यो भेरियन्ट २० देखि ४४ वर्ष उमेर समुहमा उच्च जोखीम रहेको पनि उनले जानकारी दिए ।

विश्व स्वास्थ्य सङ्गठनका अनुसार गत वर्षको अक्टोबर महिनामा भारतमा पहिलो पटक बी।१।६१७ भेरिअन्ट पुष्टि भएको थियो। डब्ल्यूएचओले मे १२ तारिखमा जनाएअनुसार त्यो दिनसम्म ४४ वटा देशमा उक्त भेरिअन्ट देखिएको थियो।

भारतसँग खुला सीमा रहेको नेपालमा पछिल्लो समय तीव्र गतिमा विरामी बढ्न थालेपछि भारतमै देखिएको भेरिअन्ट हो कि भन्ने आशङ्का थियो। विश्व स्वास्थ्य संगठनले भनेको छ । उक्त भेरिअन्टको प्रकृतिबारे डा। खड्काले थपे, यो मानव शरीरमा अलि धेरै सङ्क्रामक हुनसक्छ र एन्टिबडी विकास भइसकेका मान्छेमा पनि एन्टिबडीले अलिकति कम काम गर्छ भन्ने देखिएको छ।

Comment