Tuesday, June 15

नेपालको खोप कार्यक्रम प्रभावित, भारतले सिधै भनिदियो ‘खोप दिन सक्दैनौं’

May 19, 2021 92

काठमाडौ । भारतले खोप दिन सक्दैनौं भनेपछि नेपालको खोप कार्यक्रम प्रभावित हुने भएको छ । भारतीय कम्पनी सिरम इन्स्टिच्युटले पुसअघि नेपालमा कोरोनाविरुद्धको खोप निर्यात गर्न नसक्ने बताएको छ । जसका कारण पहिलो खोप लगाएकाहरुले पनि अब दोस्रो खोप लगाउन नपाउने सम्भावना बढेको छ । नेपालले भुक्तानी समेत दिइसकेको १० लाख डोज खोप पनि अब नेपाल नआउने भएको हो । जनाएको छ।

समाचार एजेन्सी रोयटर्सले सिरम इन्स्टिच्युटका अधिकारीहरुले खोप निर्यात गर्न नसक्ने जवाफ दिएको जनाएको छ । भारतमानै अवस्था नियन्त्रण वाहिर गएका कारण खोप निर्यात गर्न नसकिने अधिकारीहरुले जनाएका छन् । भारतीय सरकारले पनि खोप निर्यातमा प्रतिबन्ध लगाएको छ । सिरमले कोभ्याक्स र अन्य देशहरुलाई २०२१ को अन्त्यतिरबाट मात्रै खोप निर्यात शुरु हुने अपेक्षा लिएको जनाएको छ।

‘भारतीय जनताको जीवनको मूल्यमा हामीले खोपको निर्यात कहिले पनि गर्ने छैनौँ भनेर दोहोर्‍याउन चाहन्छौँ। देशको खोप लगाउने अभियानमा गर्नुपर्ने सबै कुरा गर्न हामी प्रतिवद्ध रहेका छौ’ सिरमले जारी गरेको विज्ञप्तिमा भनिएको छ। संक्रमित हुनेको संख्या बढेपछि भारतले एक महिनाअघि नै खोप निर्यातमा प्रतिबन्ध लगाएको थियो। त्यसअघि भारतले ६ करोड ६० लाख डोज खोप विभिन्न देशलाई बिक्री तथा अनुदानमा दिएको थियो।

समाचार एजेन्सी रोयर्टसका अनुसार भारतका तीनजना सरकारी अधिकारीहरुले अक्टोबर महिनाअघि खोपको कुनै ठूलो परिणाम बिदेशमा निर्यात गर्ने संभावना नभएको बताएका छन्। भारतले कोरोना खोप निर्यातमा प्रतिबन्ध लगाएपछि नेपालको खोप कार्यक्रम नराम्रोसँग प्रभावित भएको छ। सिरमबाट खोप खरिद गरेर नेपालसहितका विभिन्न देशलाई दिने कोभ्याक्सको योजना पनि भारत सरकारको निर्णयबाट प्रभावित हुने सम्भावना बढेको छ।

Comment