Tuesday, June 22

कोरोनाले आक्रान्त परेको नेपालमा एकाबिहानै २ पटक गयो भूकम्प, सात वटा घर भत्किए, तीनजना घाइते

May 19, 2021 80

Sapana Sanjal : कठमाडौं ।

काठमाडौंमा बुधबार विहान भूकम्पको दोस्रो धक्का महसुस गरिएको छ । िवहान ८ बजेर २६ मिनेट जाँदा लमजुङ्ग नै केन्द्र विन्दु भएर दाेस्राे भूकम्प गएका राष्ट्रय भूकम्प मापन केन्द्रले जनाएकाे छ । आज विहान ५ बजेर ४२ मिनेट जाँदा लम्जुङ केन्द्र विन्दू भएर भूकम्प गएको थियो । यी दूवै गाेरखा भूकम्पकाे पराकम्प भएकाे बताइएकाे छ।

यसै भूकम्पका कारण लम्जुङमा सात वटा घर भत्केका छन् । भूकम्पले घर भत्किँदा चोट लागेर तीनजना गाउँले घाइते भएका छन् । प्रहरीका अनुसार मस्र्याङदी गाउँपालिकाका ४० वर्षीया उमा गुरुङ र ८३ वर्षीया खवकुमारी पाण्डे घाइते भएकी छिन् । अर्का एकजना घाइतेको नाम खुलेको छैन ।

भूकम्पले लम्जुङमा भत्किएका घर । तस्बिर सौजन्यः कृष्ण आले

एकाबिहानै आएको भूकम्पले घाइतेको संख्या केही बढ्न सक्ने सम्भावना रहेको प्रहरीले बताएको छ । भूकम्पको धक्का पोखरा, तनहुँ, गोरखा, चितवन, धादिङ, काठमाडौंलगायत क्षेत्रमा पनि महसुश गरिएको छ।

Comment