Tuesday, June 15

शिक्षक बैकुण्ठ अर्यालको असामहिक निधन

May 18, 2021 74

Sapana Sanjal : धादिङको शैक्षिक आन्दोलनका नेता नेपाल राष्ट्रिय शिक्षक संगठन धादिङका निवर्तमान अध्यक्ष एवम् सिद्धेश्वर माविका शिक्षक बैकुण्ठ अर्यालको असामहिक नि,धन भएको छ । पोजेटिभ पुष्टि भए सँगै मनमोहन हस्पिटलमा उपचारत सिद्धलेक गाउँपालिका १ सुन्दरपानी निवासी ५३ वर्षिय वैकुण्ठ अर्यालको उपचारकै क्रममा मंगलबार निधन भएको कृष्ण अर्यालले बताउनु भयो ।

पारिवारिक स्रोतका अनुसार उहाँ प्रेसरको रोगी समेत हुनुहुन्थ्यो । सिरहामा कोरोनाका कारण एक जना चिकित्सकको मृ,त्यु भएको छ । मृ,त्यु हुनेमालहान नगरपालिका वडा(६ घर भएका अर्थोपेडिक विशेषज्ञ डा. मुकेश चौधरी रहेका छन् । ९ दिनदेखि होम आइसोलेसनमा बस्दै आएकाउनी सोमबार साँझ उपचारका लागि विराटनगरस्थित विराट नर्सिंङ लगेको केही बेरमै मृ,त्यु भएको बताइएको छ ।

३५ वर्षीय डा. चौधरी लहानमा डाइनोष्टिक सेन्टर सञ्‍चालन गर्दै आएको लहान नगरपालिकाका स्वास्थ्य शाखा संयोजक रामसुन्दर यादवले बताए ।उनी सोही सेन्टरमा सेवा दिने क्रममा संक्रमित भएका थिए । त्यस्तै दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं. १३ का वडा सदस्य केशरलाल चौधरीको नि,धन भएको छ ।

उनको आईतबार राति १२ बजे नि’धन भएको हो । उनी जण्डिस रोगबाट ग्रसित थिए । यस अघि सोही वडाका वडाध्यक्ष डम्बर न्यौपानेको मृ,त्यु भएको थियो । उनको स्वासप्रश्वास र दमका कारण मृ,त्यु भएको हो । वडा सदस्य चौधरीको निधनप्रति तुलसीपुर उपमहानगरपालिकाले दुः’ख ब्यक्त गरेको छ । प्रमुख घनश्याम पाण्डेले शो’क बक्तव्य जारी गरि परिवारजनमा समवेदना प्रकट गरेका छन ।

त्यस्तै एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य सतमान पुनमगरको संक्रमणबाट नि,धन भएको छ । बाँकेको कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेजमा उपचाररत पुथाउत्तरगंगा गाउँपालिका–१० नि’वासी ६० वर्षीय पुनको मंगलबार बिहान मृ,त्यु भएको एमाले लुम्बिनी प्रदेशका सचिव खेममान खड्काले जानकारी दिए ।

उनलाई केही दिनअघि कोरोना संक्रमण पुष्टि भएको थियो । श्वासप्रश्वासमा समस्या बढेपछि वैशाख ३१ गते जिल्ला अस्पताल रुकुम पश्चिम ल्याइएकोमा अवस्था ज टि ल भएको भन्दै त्यहाँबाट कोहलपुर रेफर गरिएको थियो । उनलाई जेठ १ गते हेलिकप्टरबाट कोहलपुर लगिएको थियो ।

Comment