Friday, September 17

आज पनि कोरोना संक्रमणका कारण सयौं को मृत्यु, हजारौं संक्रमित थपिए

May 16, 2021 202

Sapana Sanjal : काठमाडौं ।

नेपालमा पछिल्लो २४ घण्टामा थप ७,३६८ जनामा कोरोनाभाइरस सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

भाइरस संक्रमणका कारण पछिल्लो २४ घण्टामा १४५ जनाको मृ,त्यु भएको हो । मन्त्रालयका अनुसार देशभर सक्रिय संक्रमितको संख्या एक लाख १० हजार १६३ जना रहेका छन् । जसमध्ये सात हजार ८०८ जना संस्थागत आइसोलेसनमा र एक लाख दुई हजार ४५५ जना होम आइसोलेसनमा रहेका छन् ।

१९ हजार पाँच सय ३९ पीसीआर परीक्षणमा सात हजार ३१६ र ३४४ एन्टिजेन परीक्षणमा ५२ जनामा संक्रमण पुष्टि भएको हो । हाल सक्रिय सङ्क्रमितको सङ्ख्या १ लाख १० हजार २६३ रहेको छ।

काठमाडौं, भक्तपुर र ललितपुरमा २ हजार ६०९ सङ्क्रमित थपिएका हुन्। होम आइसोलेशनमा १ लाख २ हजार ४५५ र संस्थागत आइसोलेशनमा ७,८०८ जना रहेका छन्।

गत २४ घण्टामा ६६४८ जना सङ्क्रमणमुक्त भएका छन्। अहिले देशभर आईसीयूमा १,३१३ जना र भेन्टिलेटरमा ३८० जना रहेका स्वास्थ्य मन्त्रालयले जनाएको छ।
पछिल्लो तथ्याङ्क अनुसार आइतवार पनि काठमाण्डू उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ।

Comment