Tuesday, June 15

आफ्नै समाचार संस्थाको भवन इजराइलले उडाइदिएपछि बोले अमेरिका र कतार

May 16, 2021 107

Sapana Sanjal : बीबीसी ।

आफ्नो कार्यालय नै ध्व स्त भएपछि अमेरिका लगायतका देश इजराइल र गाजा विवादमा बोलेका छन् । अमेरिकी समाचार एजेन्सी द असोसिएटेड प्रेस र कतारको समाचार च्यानल अल जजिराले इजराइलद्वारा शनिबार आफ्नो कार्यालयमा भएको हवाई ह म ला को कडा शब्दमा निन्दा गरेको छ ।

द असोसिएटेड प्रेसले इजराइलको ह म ला लाई भयावह र अचम्मित पारिदिने खालको बताएको छ भने अल–जजिराले इजराइल पत्रकारलाई गाजामा काम गर्नबाट रोकेको छ । शनिबार इजराइलले गाजास्थित एक भवनलाई हवाई ह म ला मा ध्व स्त पारिदिएको थियो जसमा यी दुई मिडिया संस्थाको कार्यालय अवस्थित थिए । मिडियाले सो घटनाको लाइभ प्रशारण गरेको थियो ।

समाचार एजेन्सी द असोसिएटेड प्रेसले शनिबार उनले इजराइली सेनालाई थुप्रै फोन गरेर यो ह म ला रोक्न अपिल गरेता पनि इजराइली सेनाले नसुनेको बताएको छ । एपीले आफ्नो बयानमा भनेको छ, ‘हामीले इजराइली सेनासँग भवनमा हमास भएको प्रमाण दिन भनेका थियौं तर उनीहरुले दिएनन् ।

एपीको ब्यूरो यो भवनमा पछिल्लो १५ वर्षदेखि थियो । हामीले अहिलेसम्म कुनै संकेत पाएका छैनौं कि यो भवनमा हमासको उपस्थिति छ । यो निकै नै भयावह स्थिति हो । गाजामा जे जति भइरहेको छ अब संसारले निकै कम थाहा पाउनेछ तर हाम्रो कार्यालय ध्व स्त पारिएको छ ।’

अमेरिकी समाचार एजेन्सीले आफ्नो रिपोर्टमा लेखेका छ, ‘शनिबार जतिबेला इजराइलले ह म ला को सूचना दियो, त्यतिबेला हाम्रा १२ पत्रकार गाजा ब्यूरोमा काम गरिरहेका थिए । इजराइली सेनाले भवन खाली गर्न एक घण्टाको समय दिएको थियो ।

यद्यपि, सौभाग्यले हाम्रा सबै पत्रकारले आफूलाई आवश्यक पर्ने थोरै सामानलाई अफिसबाट निकाल्न सफल भए । त्यसको केही समयपछि इजराइलका तीन मिसाइल त्यो १२ तले भवनसँग ठो क्कि यो र हेर्दा हेर्दा त्यो धुँवाको मुस्लोमा परिणत भयो ।’प्रेसको स्वतन्त्रताको वकालत गर्ने अन्तर्राष्ट्रिय संस्थाले इजराइलको यो ह म ला को निन्दा गरेको छ ।

Comment