Monday, June 14

लाखौं रुपैयाँ नगदसहित पाँच जुवाडे काठमाडौंबाट पक्राउ

May 16, 2021 110

Sapana Sanjal : नेपाल प्रहरीले निशेषधाज्ञाको मौका छोपेर जुवातास खेल्ने पाँच जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त थानकोटको टोलीले चन्द्रागिरिको किटानी भन्ज्याङस्थित न्यू सफल भ्याली रेष्टुरेन्ट एण्ड रिसोर्टको कोठाभित्र जुवातास खेल्ने पाँच जनालाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नागार्जुनका ५० वर्षीय भाइराजा शाही ठकुरी, ५० वर्षीय मीनबहादुर रिजाल, २६ वर्षीय पर्वत खड्का, ४७ वर्षीय कृष्ण बिडारी र ३७ वर्षीयकुमार लामा रहेका छन् । पक्राउ परेका पाँच जनाको साथबाट प्रहरीले रु एक लाख पाँच हजार ५०० नगद र तास बरामद गरेको छ । पक्राउ परेका पाँचै जनालाई जुवा ऐनअन्तर्गत म्याद थप गरी कारवाही गरिने प्रहरीले जनाएको छ ।

त्यस्तै तनहुँको भानु नगरपालिका–६ पड्केपसलबाट १२ किलो ६०० ग्राम गाँ’जासहित दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मकवानपुर राक्सिराङ–७ बस्ने २९ वर्षीय क्षेत्रकुमार चेपाङ र सोही ठाउँ बस्ने १८ वर्षीय दीपबहादुर प्रजा रहेको इलाका प्रहरी कार्यालय भानु मुकाम डुम्रेले जनाएको छ ।

Comment