Monday, June 14

भुतपूर्व भारतीय सैनिक हिम बहादुर खनाल जसले बुटवलमा बिरामी भएकी आमालाई हस्पिटल लिएर आएका थिए तर भयो उनकै मृत्यु

May 16, 2021 94

Sapana Sanjal : बागलुङ्ग ।

बरेङ गाउँपालिकावडा नं. ३ बाटाकाचौर चिदिखर्क निवासी भुतपूर्व भारतीय सैनिक हिम बहादुर खनालको अचानक बुटवलमा बिरामी आमाको उपचारमा कुरुवा तथा सुसारेको रुपमा काम गर्दा गर्दै निधन भएको छ । उनी आमाको उपचार गर्न भनी बैशाख २८ गते बुटवलको लुम्बिनी प्रादेशीक अस्पतालमा आएका थिए । एका तर्फ आमाको उपचार चलिरहेको थियो भने अचानक हिम बहादुरको स्वास्थ्यमा असहज अवस्था आएपछि बुटबलकै एक होटलमा रातको १२ वजे आरम गर्न भनी गएका थिए ।

अर्को दिन बिहान आफुलाई स्वास फेर्न धेरै असहज भएको बताएका थिए । तत्कालै अक्सिजन र अस्पतालमा वेड पाउन नसकेपछि उनको होटलमै असहज तरिकाले छटपटाउँदा छटपटाउदै प्राण गएको थियो । होटल संचालकका अनुसार २९ गते बिहानैदेखि उनले आफुलाई गाह्रो भएको अतालीएको कारण उपचारको लागि अनुरोध गरेका थिए । अहिले अवस्था निकै गम्भीर भएकै कारण उनलाई तत्कालै उपचारमा जोड्न नसकेको र प्रयास गर्दा गर्दै उनको ज्यान गएको होटल संचालक बताउँछन् ।

मृ,त्यु पछि गरिएको कोरोना परिक्षणमा रिपोर्ट पोजेटिभ आएपछि उनको कोरोनाकै कारण नि,धन भएको खुलेको छ । खनालका एक श्रीमती र एक छोरी रहेका छन् । अझै दुखको कुरा, हिम बहादुर खनालको परिवारमा लगातार बज्रपात जारी रहेको छ । गत वर्ष मात्रै गुल्मीको शान्तिपुर बजारको आफ्नै पसलमा आग्लागी हुँदा उनका दाजु पुर्ण खनाल सहित उनका छोरा समीर खनालको जलेर दुखद् नि,धन भएको थियो ।

खनालका जेठा दाजु शेर बहादुर खनालको पनि यति बेला कोरोना पोजेटिभ देखिएकोे छ भने आमाको अहिले बुटवल स्थित कोरोना हस्पिटलमा उपचार चलिरहेको छ । खनाल परिवारमा लगातारको यो घटनाले बागलुङ्गको बरेङ गाउँपालिका नै फेरी शोकमा डुबेको छ । आफन्त तथा परिवारका सदस्यहरु प्रति सबै चिन्तीत बनेका छन् । अहिले बागलुङ्गको बरेङ गाउँपालिका र गुल्मीको चन्द्रकोट गाउँपालिका पूर्णरुपमा सिल गरिएको छ ।

Comment