Thursday, June 24

सुतिरहेकी थिइन् महिला, उठ्दा त छिरी सकेको रहेछ, तुरुन्तै अस्पताल पुर्याएर हेर्दा त…….

May 16, 2021 298

Sapana Sanjal : यो दुनियाँमा कहिलेकाहीँ पत्याउनै नसकिने खालका यस्ता घटना हुन्छन्, जुन सुन्दा पनि आँत नै सिरिङ्ग हुन्छ । हालै रुसमा एकजना महिलाको मुख हुँदै घाँटीभित्र छिरेको एउटा सर्पलाई बल्लतल्ल बाहिर निकालिएको छ ।

दक्षिणी रुसको दागेस्तानमा पर्ने लेभासी गाउँकी ती महिला बगैँचामा सुतिरहेको बेला उनको मुखबाट ४ फिटको सर्प भित्र छिरेर घाँटीबाट तलसम्मै पुगिसकेकेा थियो ।

सर्प मुखभित्र छि’रेपछि तत्कालै ब्युँझिएर र’न्थनिएकी ती महिलालाई तत्काल अस्पताल लगियो । त्यहाँ उनलाई बे’होस पारियो र डाक्टरहरुले उनको घाँटीभित्र छिरिसकेको सर्प निकाल्न सफल भए ।
सार्वजनिक भएको भिडियोमा महिलाको मुखभित्रबाट ट्युबको सहायताले सर्प निकालेपछि डाक्टरहरु पनि आत्तिएको देखिन्छ । बाहिर निकालेपछि उक्त सर्पलाई त्यहाँ रहेको बकेटमा हालिएको छ । उक्त सर्प ज्युँदै छ कि म’रेको छ भन्नेचाहिँ भिडियोबाट खुल्दैन ।

मानिसको मुखबाट सर्प छिरेको उक्त घटना निकै दुर्लभ भएको तर सो ठाउँका बुढापाकाहरुले चाहिँ घरबाहिर गएर सुत्न नहुने र सुतेमा मुखभित्र सर्प छिर्ने भन्दै पहिले देखिनै सल्लाह दिने गरेको स्थानीय मिडियाहरुले उल्लेख गरेका छन् ।

Comment