Wednesday, September 22

तनहुँमा एक गर्भवती महिला संक्रमित भएपछी उनको पेटबाट ७ महिनाको शिशु निकालियो तर आमाले छोडिन् संसार

May 16, 2021 186

Sapana Sanjal : काठमाडौ ।

तनहुँमा एक गर्भवती महिला संक्रमित भइन् । उनी ७ महिनाको गर्भवती थिइन् । तनहुँ भीमाद नगरपालिका ५ की २२ वर्षीयाको स्वास्थ्यमा समस्या बढ्दै गएपछि चिकित्सकले गर्भमा रहेको ७ महिनाको शिशु निकाले तर उनले भने संधैका लागि संसार छोडिन् ।

भीमाद अस्पतालमा उपचार गर्दा ज्वरो निको नभएपछि उनी पोखरा पुगेकी थिइन् । पश्चिमाञ्चल स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना भएकी ति महिलाको स्वास्थ्यमा समस्या थप बल्झिदै गयो । पोखरामा नै उनको स्वाब परिक्षण गर्दा पोजेटिभ देखिएको थियो । वैशाख २९ गते साँझबाट श्वासप्रश्वासमा पनि समस्या देखिन थालेपछि चिकित्सकले गर्भको बच्चा बचाउनका लागि तत्काल शल्यकृया गर्न सल्लाह दिएका थिए ।

। ७ महिनाको शिशुलाई शल्यक्रियामार्फत सकुशल निकालियो । तर, शिशु जन्मिएको तीन दिनमै ती महिलाको उपचारकै क्रममा मृत्यु भयो । शल्यक्रिया गरेर छोरी जन्मिएको थियो । तर, छोरीको पनि अवस्था गम्भीर रहेको स्वास्थ्यकर्मीले जनाएका छन् । यसअघि पनि ती महिलाको एक छोरी छन् । संक्रमित महिलाको शवलाई शनिबार नै पोखरामा नेपाली सेनाले व्यवस्थापन गरिसकेको छ ।

Comment