Tuesday, June 22

थप ८१६७ जनामा कोरोना भाइरसको संक्रमण, १८७ जनाको मृत्यु

May 15, 2021 76

Sapana Sanjal : काठमाडौं ।

नेपालमा कोरोनाभाइरसका आठ हजार ४६ सङ्क्रमित थपिएका छन् । पछिल्लो चौबीस घण्टामा १७ हजार ९७१ जनाको आरटीपीसीआर परीक्षण गरिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ सम्बन्धी दैनिक बिवरण अद्यावधिक गर्दै पछिल्लो चौबीस घण्टामा पाँच हजार ४५५ जना कोरोनामुक्त भएको उल्लेख गरेको छ । मन्त्रालयले चौबीस घण्टामा १८७ जना कोरोना सङ्क्रमितले ज्यान गुमाएको जनाएको छ ।

यस्तै काठमाडौं उपत्यकामा शनिबार २ हजार ९ सय ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

आज थपिएका संक्रमितमध्ये सबैभन्दा बढी काठमाडौं जिल्लाका २ हजार १४६ छन्। यस्तै, ललितपुरमा ४४४ र भक्तपुर जिल्लामा ३४७ जना संक्रमित थपिएका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।

पछिल्लो २४ घण्टामा देशभरबाट पाँच हजार ४ सय ५५ जना कोरोना संक्रमण निको भई डिस्चार्ज भएका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनेको संख्या ३ लाख ३३ हजार १ सय ८ पुगेको छ।

हाल देशभर सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेका छन्। जसमध्ये १,३३१ जना बिरामी आईसीयूमा र ३७० जना भेन्टिलेटरमा भएको मन्त्रालयले जनाएको छ।

Comment