Friday, October 15

आजपनि नेपालमा हजारौं संक्रमित थपिए, सयौं को मृत्यु

May 15, 2021 275

Sapana Sanjal : काठमाडौं-

पछिल्लो २४ घण्टामा देशभर आठ हजार १६७ जना व्यक्तिमा कोरोना संक्रमित पुष्टि भएका छन्।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १७ हजार ९७१ जनाको पीसीआर र ५७७ जनाको एन्टीजेन विधिबाट परीक्षण गर्दा आठ हजार १६७ जना संक्रमित पुष्टि भएका हुन्। पिसिआरबाट आठ हजार ४६ र एन्टीजेन विधिबाट १२१ संक्रमित पुष्टि भएका छन्।

२४ घण्टामा १८७ जना संक्रमितको मृ,त्यु भएको छ। नेपालमा हालसम्म ४ हजार ८५६ जनाको मृत्यु भएको छ। मन्त्रालयले प्रकाशित गरेको तथ्याङ्कमा शनिवार पनि काठमाडौं उपत्यकामा धेरै सङ्क्रमित फेला पर्ने क्रम जारी रहेको देखिन्छ। शनिवार काठमाडौं २,१४६ जना, ललितपुरमा ४४४ जना र भक्तपुरमा ३७४ जना सङ्क्रमित थपिएका छन्।

यस्तै, सक्रिय संक्रमितको संख्या एक लाख ९ हजार ७४० पुगेको छ। ६७५ जना व्यक्ति क्वारेन्टाइनमा छन्। स्वास्थ्य मन्त्रालयका अनुसार आज देशभर ५ हजार ४५५ जना व्यक्ति निको भएका छन्।

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा अहिले सबै शय्याको सङ्ख्या १८,९१७ छ। देशका सातैवटा प्रदेशमा गरी आईसीयूको सङ्ख्या १,४८६ र भेन्टिलेटरको सङ्ख्या ६३४ छ। कोरोनाभाइरस महामारी सुरु भएपछि केही थपिएर तिनीहरूको सङ्ख्या अहिले यति पुगेको हो।

Comment