Friday, June 18

कोरोनाको खोप लगाउँन चाहनुहुन्छ? अनलाईन फाराम भर्नुहोस्, यस्तो छ तरिका

May 15, 2021 84

Sapana Sanjal : काठमाडौं : सरकारले कोरोनाको खोप लगाउन चाहनेका लागि अनलाइन फाराम भर्न अनुरोध गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप लगाउन चाहने नागरिकलाई स्वैच्छिक फारम भर्न आग्रह गरेको हो। स्वैच्छिक व्यक्तिगत दर्ता फारम भएको भन्दै मन्त्रालयले यो दर्ता फारम हालसम्म खोप नलगाएका १८ वर्ष र सो माथिका व्यक्तिहरूले भर्न सक्ने जनाएको छ।

यो दर्ता फारमबाट प्राप्त विवरणले पालिका स्तरमा खोपसँग सम्बन्धित योजना तथा व्यवस्थापन गर्नका लागि सहज हुने मन्त्रालयले सूचनामार्फत जनाकारी दिएको छ।

‘नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, आइसीएस बैठकको मिति २०७८/०१/२२ गतेको निर्णय र जिल्ला विपत व्यवस्थापन केन्द्र, काठमाडौंको मिति २०७८/०१/२५ गतेको निर्णय अनुसार दोस्रो चरणको कोभिड-१९ विरुद्धको खोप (भेरोसेल दोस्रो मात्रा) अभियान मिति २०७८/०२/०२ गते देखि सञ्चालन हुने भएको छ,’ वागमती स्वास्थ्य निर्देशनालयका प्रमुख जनस्वास्थ्य प्रशासक बद्रीबहादुर खड्काले जारी गरेको सूचनामा भनिएको छ।

यस अवधिमा १८ देखि ५९ वर्ष उमेरका व्यक्तिहरुलाई भेरोसेल दोस्रो मात्रा लगाउने कार्यक्रम छ। यसका लागि सम्बन्धित स्थानीय तहहरुलाई कोभिड-१९ विरुद्धको खोप अभियान कार्यक्रम संचालन निर्देशिका २०७७ बमोजिम जनस्वास्थ्यका मापदण्ड पालना हुने गरी खोप कार्यक्रम सञ्चालन गर्न स्वास्थ्यले आग्रह गरेको छ।

जेठ २ बाट ९ दिनसम्म चल्ने खोप अभियानमा एक लाख ५९ हजार ४ सय ९९ जनालाई खोप लगाउने लक्ष्य राखेको जनाइएको छ। फाराम भर्ने बित्तिकै खोप लगाउने सुनिश्चितता भने नहुने मन्त्रालयले स्पष्ट पारेको छ। फाराम भर्न यहाँ थिच्‍नुहोस्

Comment