Friday, June 18

एमाले बाँकेद्धारा अस्पतालमा कोभिड बिरामी र कुरुवाका लागि ३० रुपैयाँ मै खानको ब्यावस्था गरिदियो

May 15, 2021 94

Sapana Sanjal : कोहलपुर स्थित नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पतालमा आज देखि कोभिड बिरामि र कुरुवाहरुका लागि रु ३० रुपैयाँ छाक खानाको कार्यक्रम नेकपा एमाले बाँके सुरु गरेको छ। कोरोना संक्रमित र उनीहरुको कुरुवालाई लक्षित गर्दै नेकपा एमालेले सञ्चालन गरेको सहुलियत खाना कार्यक्रमलाई दुगड ग्रुपले २ महिनालाई पुग्ने चामल र दाल उपलब्ध गराउने प्रतिबद्धता जनाएको नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोइरालाले बताए।

बाँके र यस आसपासको जिल्लाहरुबाट आएका संक्रमित र तीनका कुरुवा आफन्तहरुलाई खानाको समस्या भएपछि एमालेले सहुलियत मुल्यमा खाना खुवाउने प्रबन्ध मिलाएको हो। प्रत्येकदिन बिहान २ सय जना र बेलुका २ सय जना संक्रमित तथा तीनका कुरुवालाई खाना खुवाउने लक्ष्यका साथ सहुलियत खाना कार्यक्रम संचालनमा ल्याईएको एमाले बाँकेका नेता अशोक कोईरालाले जानकारी दिए।

नेता कोइरालाका अनुसार सहलियत खाना कार्यक्रमलाई के एल दुगड ग्रुपको मुख्य सहयोग रहेको छ भने अन्य बाँकेका उद्योगीहरुले पनि सहयोग गरेका छन् । नेपालगन्जको भेरी अस्पतालमा मित्र मण्डलीले कोरोनाको पहिलो लहरबाटै सुरु गरिएको २० रुपैयाँ छाक खानाको व्यवस्था अहिले पनि जारि रहेका कारण सहज देखिएको छ।

त्यस्तै राष्ट्रिय युवा संघ नेपाल बाँकेका अध्यक्ष कुस्मा बस्यालका अनुसार कोरोनाका बिरामि र आफन्तले किनेरै खान्छु भन्दा पनि पानी समेत नपाएको कारुणीक अवस्था देखेपछि हामीले अभियान चलायौं ’ उनले भने । सहुलियत खाना कार्यक्रममा प्रतिछाक खाना ३० रुपैयाँमा उपलब्ध हुने र संक्रमितहरुका लागि हरेक दिन अण्डाको पनि व्यवस्थापन गरिएको छ।

Comment