Monday, June 21

जनकपुरमा अक्सिजन प्लान्ट किनेर ल्याए तर जडान गर्ने प्राबिधिक पाइएन अनि यस्तो भयो

May 15, 2021 81

Sapana Sanjal : जनकपुरमा अक्सिजन प्लान्ट किनेर ल्याए पनि जडान गर्ने प्राबिधिक नभए पछि समस्या भएको छ । यो समस्या अहिलेको अवस्थामा जब एकदमै धेरै अक्सिजनको माग भइरहेको छ, यस्तो बेलाका लागि यो समस्या पक्कै पनि सानो समस्या होइन । हामीकहाँ अक्सिजन अक्सिजन भनेको सुनिएको छ तर कतिपय ठाउँमा सिलिन्डर छैन भने कति पय ठाउँमा सिलिन्डर त छ तर भर्नका लागि अक्सिजन छैन । यहि समस्या समाधान गर्नका लागि जनकपुरमा अक्सिजन प्लान्ट ल्याइए पनि जडान गर्नमा भने समस्या भएको छ । यो समस्या कसरी समाधान हुन पुग्यो भन्ने कुरा तपाईले भिडियोमा थाहा पाउनु हुनेछ ।

प्रधानमन्त्री ओलीले लिए पद तथा गोपनीयताको शपथ, पुरानै मन्त्रीहरुलाई निरन्तरता : नवनियुक्त प्रधानमन्त्री केपी शर्मा ओलीले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । शुक्रबार शीतल निवासमा आयोजित समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । बिहीबार राष्ट्रपति भण्डारीले संविधानको धारा ७६ को उपधारा ३ अनुसार प्रतिनिधिसभाको सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी थिइन् । यसका साथै पुरानै मन्त्रीहरुलार्ई निरन्तरता दिएर नयाँ मन्त्रिपरिषद् गठन गरिएको छ । नयाँ मन्त्रीहरुले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् ।

देशमा अस्थिरता चाहने शक्तिले भ्रम फैलाइरहेको प्रधानमन्त्री आरोप : प्रधानमन्त्री केपी शर्मा ओलीले देशमा अस्थिरता चाहने शक्तिले भ्रम फैलाइरहेको आरोप लगाएका छन् । शुक्रबार प्रधानमन्त्रीको शपथपछि पदबहाली गर्दै उनले आफ्नो सरकार बनाउन नसकेपछि अरूको सरकारलाई प्रतिगमन देख्ने भन्दै आक्रोश पोखे ।

थाइल्यान्डबाट २४ अक्सिजन कन्सनट्रेटर आउँदै : अक्सिजन कन्सनट्रेटर ल्याउनका लागि श्री एयरलाइन्सको जहाज थाइल्यान्ड जाने भएको छ। थाइल्यान्ड सरकारले अनुदानमा दिएका १७ र गैरआवासीय नेपालका तर्फबाट व्यवस्था भएका ७ अक्सिजन कन्सनट्रेटर ल्याउनका लागि जहाज बैंकक जाने श्री एयरलाइन्सले जानकारी दिएको छ।

कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा माधव नेपाल : नेकपा एमालेका नेता माधवकुमार नेपाल पार्टी विवाद निरुपणका लागि बनाइने कार्यदलले तीन दिनभित्र काम सक्नुपर्ने पक्षमा उभिएका छन् । बिहीबार बुढा निलकण्ठस्थित एक व्यापारीको घरमा भएको पार्टी अध्यक्ष केपी शर्मा ओली र नेता नेपालबीचको छलफलमा कार्यदल बनाउने सहमति भएको थियो ।

जनकपुरमा नयाँ अक्सिजन प्लान्ट, तर टेक्निसियनको अभाव : जनकपुरमा नयाँ अक्सिजन प्लान्ट ल्याए पनि इन्जिनियर, टेक्निसियनको अभावमा जडान हुन नसके पछि महावीर पुनले फेसबुकमार्फत सहयोग मागेका छन् । उनले कोही त्यस्तो प्राबिधिक भए ९८४१५९२३६१ मा सम्पर्क गर्न अनुरोध गरेका छन् ।

प्रम ओलीको चाल हेरेर थप रणनीति बनाउने बूढानिलकण्ठ बैठकको निष्कर्ष : राष्ट्रपति विद्यादेवी भण्डारीले दिएको समयसीमामा नयाँ गठबन्धनको सरकार गठन गर्न चुकेको तीन दल आज पुनः समिक्षात्मक बैठक बसेका छन् । आज दिउँसो नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा भएको छलफलले अहिलेको अवस्थामा सरकारको दाबी गर्नु उचित नभएको निष्कर्ष निकालेको छ । देउवा निवास बूढानिलकण्ठमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टी (जसपा) अध्यक्ष उपेन्द्र यादव पुगेका थिए ।

अक्सिजन सहजताकालागि स्वास्थ्य मन्त्रालयको दुई वटा हटलाइन नम्बर आज सार्वजनिक : स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजनको आवश्यकता पर्ने अस्पताल र सर्वसाधारणहरूका लागि दुई वटा हटलाइन नम्बर सार्वजनिक गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अक्सिजन आपूर्ति सहजीकरणका लागि मन्त्रालयले दुईवटा मोबाइल हटलाइन नम्बर सार्वजनिक गरेको हो । अस्पताल र सर्वसाधारणलाई ९८५१३१०५८१ र ९८५१३१०५८४ नम्बरको व्यवस्था गरिएको स्वास्थ्य मन्त्रालयले सर्वसाधरणकालागि जानकारी गराएका छन् ।

अरुण तेस्रोको सुरुङ भित्र मृत्यु भएका मजदुरको परिवारलाई ३० लाख क्षतिपूर्ति : संखुवासभाको निमार्णाधीन नौ सय मेगावाटको अरुण तेस्रो जलविद्युत परियोजनाको विद्युत् गृहस्थलको सुरुङ भित्र मृत्यु भएका मृतकका परिवारलाई ३० लाख रुपैयाँ क्षतिपूर्तिदिने सहमति भएको छ । बुधबार बिहान साँढे ८ बजे सुरुङ भित्र बारुद लोड गर्ने क्रममा माथिबाट खसेको ढुङ्गाले लागेर कन्चनपुरको शुक्लाफाँट नगरपालिका–१२ का ३७ बर्षीय कृष्ण रानाको मृत्यु भएको थियो ।

बहुप्रतिक्षित रेड्मी नोट १० प्रो नेपाली बजारमा : साओमीको बहुप्रतिक्षित मिड रेन्ज फोन ‘रेड्मी नोट १० प्रो’ शुक्रबार नेपाली बजारमा सार्वजनिक भएको छ । साओमी नेपालले रेड्मी नोट १० प्रो म्याक्सलाई नेपाली बजारमा नोट १० प्रोका रूपमा सार्वजनिक गरेको हो । नेपालमा ६ जीबी÷१२८ जीबी भेरियन्टको मूल्य ३३ हजार ९९९ रूपैयाँ तोकिएको छ ।

 

Comment