Thursday, June 24

कोरोना ह्वातै बढेपछि लकडाउन‍मा थप कडाई गर्दै सेना परिचालन

May 15, 2021 66

Sapana Sanjal : कोरोना संक्रमितको संख्या अत्याधिक थपिन थालेपछि सुनसरी स्थानीय प्रशासनले जेठ १५ गतेसम्म जिल्ला भर पूर्ण लकडाउन घोषणा गरे पनि प्रहरीको संख्या कम हुँदा सर्वसाधारणले नटेरेपछि शनिवारदेखि नेपाली सेना परिचालन गरिएको छ।

लकडाउन नियन्त्रणमा जनपथ र सशस्त्र प्रहरी परिचालन गर्दासमेत सुरक्षाकर्मीहरुको संख्या कम देखिएकाले आवश्यकताअनुसार तीनवटा स्थानीय तहमा सेना परिचालन गगरिएको बताइएको छ ।

सर्वसाधारण नै अटेर गरि बिना काम बाहिर निस्कने प्रहरीलाई पनि अटेर गरि विवाद गर्न थालेपछि प्रशासनले सेना परिचालन गरेको हो । कोरोनाको जोखिम उच्च हुँदा पनि स्थानीय सर्वसाधारणहरु घर बाहिर निस्कने र बिनाकाम सवारीसाधनहरु चालाउन नछोडेपछि सेना परिचालन गर्नु परेको प्रशासनले बताएको छ ।

अहिले सुनसरीको धरान उपमहानगरपालिका, इटहरी उपमहानगरपालिका र सदरमुकामसमेत रहेको इनरुवा नगरपालिकामा सेना परिचालन गरिएको हो। यसअघि ती सहरमा वैशाख ३१ गतेसम्म निषेधाज्ञा जारी गरे पनि उचित तवरले पालना नभएको कारण संक्रमितको संख्या बृद्धि भएको निष्कर्ष निकाल्दै सेना परिचालन गरिएको हो ।

जेठ १५ सम्म गरिएको पूर्ण लकडाउनमा मेडिकल, एम्बुलेन्स र अतिआवश्यकबाहेकका सबै सेवा बन्द गर्ने गरिएको छ। पूर्ण लकडाउनको समयमा जो कसैबाट उलघंन गरिए संक्रमण ऐन अनुसार पक्राउ गरी कार्वाहि गर्न प्रहरीलाई निर्देशनसमेत दिएको छ। उक्त अवधिमा सुनसरी जिल्लाका सबै बजार क्षेत्र दुहबी, चतरा,रामधुनी बन्द हुनेछन् भने उद्योग तथा कलकारखानाहरू पनि बन्द हुने छ ।

Comment