Monday, June 21

जसपा र माधव नेपालको समेत सहयोगमा सरकार बनाउने कांग्रेसको निर्णय

May 11, 2021 57

Sapana Sanjal : नेपाली कांग्रेसको पदाधिकारी बैठकले नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा लाग्ने नि,र्णय गरेको छ। नेकपा माओवादी केन्द्रले सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाउन समर्थन गरिसकेको र जसपाले पनि सहयोग गर्ने भन्दै कांग्रेसले नयाँ सरकार बनाउने नि,र्णय गरेको हो।

सभापति देउवाको निवास बुढानिलकण्ठमा आज बसेको बैठकले दुई वा दुईभन्दा बढी दल मिलेर नयाँ सरकार बनाउन पार्टी सम्पूर्ण रूपमा क्रियाशील रहने नि,र्णय गरेको सहमहामन्त्री प्रकाशशरण महतले बताए।

संसदको दोस्रो ठूलो दल नेपाली कांग्रेसले आफ्नो नेतृत्वमा सरकार बनाउन जसपा र एमालेको माधव नेपाल पक्षको समेत साथ लिएर अघि बढ्ने नि,र्णय गरेको छ । बैठकपछि महतले भने, ‘समग्रमा जसपा एकजुट भएर यो अभियानमा सामेल होस् भन्ने हामी चाहान्छौं । माधवजीहरुको पनि सहयोग जुटाउने कोसिस हुन्छ ।’

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस, नेकपा (माओवादी) केन्द्रले विपक्षी गठबन्धनबाट सरकार गठनको पहल थालेका हुन्। सोमबार नै राष्ट्रपतिलाई सरकार गठनको आह्वान गर्न अनुरोध गरेका कांग्रेस, माओवादी र जनता समाजवादी पार्टी (जसपा) उपेन्द्र यादव समूहले विपक्षी गठबन्धनको सरकार गठनका लागि पहल थालेका हुन्।

जसपामा अध्यक्ष महन्थ ठाकुरले विपक्षी गठबन्धनमा सहमति नजनाए पनि केन्द्रीय अध्यक्ष उपेन्द्र यादव र संघीय परिषद् अध्यक्ष बाबुराम भट्टाई नयाँ सरकार गठनको पक्षमा छन्। जसपामा दुई धार बनेपछि विपक्षी गठबन्धनको छलफलमा नेताहरु सहभागी हुन नसकेको स्रोतको दाबी छ।

Comment