Monday, June 14

संक्रमितको घरमै निशुल्क एम्बुलेन्स लिएर पुग्छ अब युवासंघ, यि नम्बरमा सम्पर्क गर्नुहोला

May 11, 2021 103

Sapana Sanjal : नेपालगन्ज ।

युवा संघ नेपाल लुम्बिनी प्रदेश र युवा संघ नेपाल बाँकेले कोरोना संक्रमित बिरामिको लागि मंगलबार देखि बाँकेमा निस्शुल्क एम्बुलेन्स संचालनमा ल्याएको छ ।

मंगलबार नेपालगन्जमा युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापाले एम्बुलेन्सको चापी युवा संघ बाँकेका अध्यक्ष कुस्माखर बस्याललाई हस्तान्तरण गर्दै कोरोना संक्रमित बिरामिको लागि एम्बुलेन्स सेवाको सुरुवात गरेका छन् ।

बाँके कोरोना संक्रमणको दोस्रो लहरमा जुधिरहेको अवस्थामा युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेले एम्बुलेन्स संचालमा लिएर आएको र एम्बुलेन्स २४ सै घण्टा जिल्लाभरका ८ वटै स्थानिय तहका लागी संचालनमा आउने युवा संघ नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष किशोर थापा बताउछन् । एम्बुलेन्स सेवा संगै बिरामी तथा बिरामिको आफन्तलाई मास्क तथा स्यानिटाइजरको समेत ब्यवस्था गरिने बताउछन् अध्यक्ष थापा ।

युवा संघ नेपाल बाँके, युवा संघ नेपाल बैजनाथ गाउँकमिटीले कोरोना संक्रमणबाट मृ,त्युु भएकाहरुको शव ब्यवस्थापन र स्वाब संकलन तथा संक्रमितको उपचारमा सहयोग गर्दै आएको र मंगलबार देखी कोरोना संक्रमितलाई उपचारको लागि अस्पताल सम्म पुराउन एम्बुलेन्सको ब्यवस्थापन गर्दै संचालनमा ल्याएको युवा संघ नेपाल बाँकेका सचिव सुनिल रसाइली बताउछन् ।
पछिल्लो समय बाँकेमा कोरोना संक्रमणको र मृ,त्यु हुनेको दर उकालो लागिरहेको छ । कोरोना संक्रमण दर बढ्दै जादा संक्रमितलाई अस्पताल सम्म पुराउने साधनको समेत अभाव हुँदा रिक्सा तथा अटोको भर पर्नु परेको अवस्थालाई मध्यनजर गर्दै युवा संघ नेपाल लुम्बिनी प्रदेश र बाँकेको संयोजन तथा युवा संघ नेपाल नेपालगन्ज नगरकमिटीको ब्यवस्थापनमा एम्बुलेन्स संचालनमा ल्याइएको युवासंघ बाँकेका अध्यक्ष कुस्माखर बस्यालले बताए ।

बाँके जिल्ला भरी कोरोना संक्रमित बोक्न एम्बुलेन्स २४ सै घण्टा संचालनमा आउने र त्यसको लागी बाकेका ८ वटै स्थानीय तहमा युवा संघका सम्पर्क ब्यक्तिलाई कुनै पनि बेला फोन गर्न सकिने एम्बुलेन्स संचालन र ब्यवस्थापनको जिम्मा लिएको युवा संघ नेपाल नेपालगन्ज नगर कमिटिका अध्यक्ष प्रवीण बिसिले बताए ।

एम्बुलेन्स सुभारम्भ कार्यक्रममा नेकपा एमाले बाँकेका अध्यक्ष अशोक कोईराला, नेकपा एमाले बाँकेका सचिव रत्न खत्री, युवा संघ नेपालका केन्द्रिय महासचिव दिपक जिएम, युवा संघ बाँकेका उपाध्यक्षद्वाय राजु तामाङ र मिलन शाह, युवा संघ बाँकेका सहसचिव कलामुद्दिन लगायतको उपस्थिति रहेको थियो ।

कोरोना संक्रमितको लागि संचालनमा ल्याइएको एम्बुलेन्सको लागी बाँकेका ८ वटै स्थानीय तहका युवा संघका निम्न प्रतिनिधिलाई सम्पर्क गर्न सकिने युवा संघ नेपालले जनाएको छ ।

प्रवीण बि।सी। (नेपालगन्ज उपमहानगरपालिका ९८५८०२५४८५)

बिकास काउचा (खजुरा गाउँपालिका ९८५८०३०४०४)

केशव शर्मा (जानकी गाउँपालिका ९८६६७१३७५०)

प्रेम बिष्ट (बैजनाथ गाउँपालिका (९८४८२३४८०६)

दिपेन्द्र कुंवर (कोहलपुर नगरपालिका (९८५८०४१३६५)

गुरु बचन यादव (नरैनापुर गाउँपालिका (९८६४९५७६०२)

सरोज बिक्रम बिष्ट (राप्तिसोनारी गाउँपालिका (९८५८०८०२४०)

कैलाश किशोर मिश्र (डुडुवा गाउँपालिका (९८६४९४५२८३)

Comment